रवि लामिछानेलाई राति चितवनबाट पोखरा लगिएकोमा रास्वपाको आपत्ति !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई चितवनबाट रातारात पोखरा पुर्‍याइएको भन्दै आपत्ति प्रकट गरेको छ । सरकारले राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने काम गरेको ठहर गरेको छ । रास्वपाले शुक्रबार विज्ञप्ति निकालेर सरकारको प्रत्यक्ष निर्देशनमा प्रहरीले यस्तो काम गरेको जिकिर गरेको छ […]

Dec 6, 2024 - 09:18
 0
रवि लामिछानेलाई राति चितवनबाट पोखरा लगिएकोमा रास्वपाको आपत्ति !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई चितवनबाट रातारात पोखरा पुर्‍याइएको भन्दै आपत्ति प्रकट गरेको छ ।

सरकारले राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने काम गरेको ठहर गरेको छ ।

रास्वपाले शुक्रबार विज्ञप्ति निकालेर सरकारको प्रत्यक्ष निर्देशनमा प्रहरीले यस्तो काम गरेको जिकिर गरेको छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान तथा गृहमन्त्री एवं सांसद रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति पार्टीको घोर आपत्ति प्रकट रहेको छ । सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराइ राति सुतिरहेको बेलामा अचानक उठाइ मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्‍याइको रहेछ । यो आश्चर्यजनक, निकृष्ट, निन्दनीय घटना सरकारको प्रत्यक्ष निर्देशनमा भएको सूचना प्रहरी सुत्रबाट प्राप्त भएका छन्,’ कार्यवाहक प्रवक्ता मनिष झाले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसैबीच रास्वपाले सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको पनि रास्वपाले आरोप लगाएको छ ।

‘हामी यसको घोर भर्त्सना गर्दछौं, सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको छ । यो निर्मम कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्नेछ । यसतर्फ राष्ट्रिय मानवअधिकार आयोग एवं सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकारकर्मी तथा मानवअधिकारवादी संघ संस्थाहरूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ,’ रास्वपाले भनेको छ ।

‘अनुसन्धानमा साथ दिइरहेको एक लोकप्रिय जनप्रतिनिधिलाई अपराधी जस्तो गरी प्रचार गरिनुका साथै सोही स्तरको व्यवहार हुनु नेपालको संविधानको धारा १८, धारा २२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १६७ एवम् यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको महासन्धि, १९८४ विपरीत समेत रहेको तर्फ सम्बन्धित सबैलाई सचेत गराउँछौँ । अतः यस घटनाका दोषीमाथि उल्लिखित कानुनी प्रावधान बमोजिम कारबाही गर्न जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

राज्य संयन्त्र रास्वपा र यसका सभापतिविरुद्ध षडयन्त्रपूर्ण रुपमा सक्रिय रहेको यस घटनाले स्पष्ट बनाएको उसले बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register