पार्टीमा सहभागिता विस्तार गर्न एमालेले विशेष अभियान चलाउने

Jun 7, 2023 - 01:50
 0
पार्टीमा सहभागिता विस्तार गर्न एमालेले विशेष अभियान चलाउने
पार्टीमा सहभागिता विस्तार गर्न एमालेले विशेष अभियान चलाउने

काठमाडौं । नेकपा एमालेले 'वडावडाः भावी युवा नेता' चलाउने भएको छ ।गत वैशाख २८ देखि ३० गतेसम्म बसेकाे केन्द्रीय कमिटी बैठकको निर्णय समेटेर अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गर्नुभएकाे अन्तर पार्टी निर्देशन (अपानि)-७ मा वार्षिक याेजना अन्तर्गत साे अभियानबारे उल्लेख छ । युवाहरुका बीचमा पार्टी कामको विस्तारका लागि साे अभियान चलाउन लागिएकाे एमालेले जनाएकाे छ ।

पाका उमेर समूह र तन्नेरी नेता-कार्यकर्ताको संख्यामा असन्तुलन देखिएको ठहर गर्दै एमालेले पार्टीमा युवा आकर्षण र युवा सहभागिता विस्तार गर्न नयाँ अभियान थाल्ने योजना अघि सारेको छ । 'हाम्रो पार्टी संरचनामा पाका उमेर समुह र युवा उमेर समूहका नेता-कार्यकर्ताको संख्यामा असन्तुलन देखिँदैछ, त्यसैले पार्टीमा युवा आकर्षण र युवा सहभागिता विस्तार गर्न नयाँ अभियान आवश्यक छ'- अपानिमा उल्लेख छ ।

यसका लागि अधिवेशन र पुनर्गठनका माध्यमबाट आधारभूत तहका कमिटीमा एक तिहाई सदस्य ३५ वर्ष मुनिका पार्टी सदस्यहरुलाई संगठित गर्नेगरी युवालक्षित अभियान सञ्चालन गर्ने एमालेले जनाएकाे छ ।

मिसन ग्रासरुटले पहिचान गरेका सम्भावना भएका युवा वा सम्भावना भएका थप युवा पहिचान गरी नेतृत्व विकासको लागि पार्टी स्कुलका माध्यमबाट विशेष प्रशिक्षण कार्यक्रम (क्लोज क्याम्प) सञ्चालन गर्ने एमालेले जनाएकाे छ ।

अहिलेका युवाहरु 'आफैं नेता, आफैं प्रधानमन्त्री' जस्ता न्यारेटिभ्सबाट प्रभावित देखिएका ठहर गर्दै एमालेले सम्भावना भएका युवाहरु पहिचान गरी उनीहरुको यो अपेक्षालाई समेत सम्बोधन गर्ने जनाएकाे छ । 'देशैभरी–छोराछोरी'को नारामा पार्टीका नेता कार्यकर्ताको घरघरबाटै युवा- कार्यक्रम सुरु गर्ने र 'प्रत्येक वडा कम्तिमा १० युवा' कार्यक्रममार्फत् 'वडावडा : भावी युवा नेता' कार्यक्रम सञ्चालन गर्ने एमालेकाे याेजना छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1