एनसेल फाउन्डेसन, साथी र जोन्टा क्लबद्वारा लैंगिक हिंसा अन्त्यका लागि ‘ओरेन्ज द स्कूल’ अभियान

काठमाडौं । एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लब अफ काठमाडौंले लैंगिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडी बढाउन ‘ओरेन्ज द स्कूल’ अभियान सञ्चालन गरिरहेका छन् । यो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान र ग्लोबल जोन्टा ‘सेज नो’ अभियान अन्तर्गत आयोजना गरिएको कार्यक्रमहरू मध्ये एक हो । यस अभियानअन्तर्गत हालसम्म १० विद्यालयमा करिब […]

Dec 8, 2024 - 06:54
 0
एनसेल फाउन्डेसन, साथी र जोन्टा क्लबद्वारा लैंगिक हिंसा अन्त्यका लागि ‘ओरेन्ज द स्कूल’ अभियान

काठमाडौं । एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लब अफ काठमाडौंले लैंगिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडी बढाउन ‘ओरेन्ज द स्कूल’ अभियान सञ्चालन गरिरहेका छन् ।

यो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान र ग्लोबल जोन्टा ‘सेज नो’ अभियान अन्तर्गत आयोजना गरिएको कार्यक्रमहरू मध्ये एक हो । यस अभियानअन्तर्गत हालसम्म १० विद्यालयमा करिब १,५०० विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा सहभागी गराइसकिएको छ ।

यस कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थी र शिक्षकहरूलाई लैंगिक हिंसा, बालविवाह, साइबर बुलिङ, साइबर सुरक्षा तथा डेटा प्राइभेसी जस्ता जान्नै पर्ने विषयहरूमा जानकारी दिने र सुरक्षित तथा समान वातावरणको प्रवर्धन गर्न कदम चाल्नुको महत्वबारे सचेतना जगाउने रहेको छ ।

जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष बिना रानाले भनिन्, ‘लैंगिक हिंसा विश्वव्यापी संकट हो, जसले आधारभूत मानव अधिकारको उल्लङ्घन गर्छ र लैंगिक समानतामा प्रगतिलाई रोक्छ ।’

उनले थपिन् ‘ओरेन्ज द स्कूल’ अभियानले विद्यालयमा यी मुद्दाहरूबारे चेतना जगाउने र सामूहिक प्रयासबाट सुरक्षित समुदाय निर्माण गर्न प्रेरणा दिने उद्देश्य राखेको छ ।’

एनसलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले यसै कार्यक्रमको बारेमा आफ्नो धारणा व्यक्त गर्दै भनिन् ‘ओरेन्ज द स्कूल अभियानले लैंगिक हिंसाविरुद्धको अभियानको माध्यमबाट विद्यालय स्तरमै सचेतना र छलफलको महत्वलाई उजागर गर्न मद्दत पुर्‍याएको छ ।’

उनले युवा पुस्तामा सुरुवातमै सही जानकारी र समानताका मूल्यहरू स्थापित गर्न सकेमा हिंसामुक्त समाज निर्माण गर्न सकिने धारणा व्यक्त गरिन् ।

२६ नोभेम्बर देखि १० डिसेम्बरसम्म सञ्चालन हुने यस अभियान अन्तर्गत काठमाडौं उपत्यकाका सरकारी तथा निजी विद्यालयहरूमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register