भारतले रणनीतिक भण्डारबाट कच्चा तेल निकाल्न कत्तिको प्रभावकारी हुन्छ

भारत पेट्रोलियम इन्धनको तेस्रो ठूलो आयातकर्ता हो। भारतले आफ्नो ३ करोड ८० लाख ब्यारेलको रणनीतिक भण्डारबाट ५० लाख ब्यारेल कच्चा तेल निकाल्न लागेको मिडिया रिपोर्टमा भनिएको छ । यो देशभरि एक दिनमा पेट्रोलियम इन्धन खपत बराबर हो।

Nov 27, 2021 - 08:04
 0
भारतले रणनीतिक भण्डारबाट कच्चा तेल निकाल्न कत्तिको प्रभावकारी हुन्छ

पेट्रोलियम इन्धनको बढ्दो मूल्यलाई नियन्त्रण गर्न भारत सरकारले आफ्नो रणनीतिक भण्डारबाट कच्चा तेल निकाल्ने निर्णय गरेको छ । भारतले पहिलो पटक यस्तो गरेको हो ।

भारत पेट्रोलियम इन्धनको तेस्रो ठूलो आयातकर्ता हो। भारतले आफ्नो ३ करोड ८० लाख ब्यारेलको रणनीतिक भण्डारबाट ५० लाख ब्यारेल कच्चा तेल निकाल्न लागेको मिडिया रिपोर्टमा भनिएको छ । यो देशभरि एक दिनमा पेट्रोलियम इन्धन खपत बराबर हो।

अमेरिका, जापान र दक्षिण कोरियासँगको परामर्शपछि भारतले यो निर्णय गरेको हो । पेट्रोलियम इन्धनको मूल्य घटाउनका लागि यी देशहरूले तेल उत्पादक राष्ट्रहरूलाई बढी उत्पादन गर्न दबाब दिइरहेका छन् ।

तर, अमेरिकाले अहिलेसम्म ओपेक राष्ट्रहरूलाई पेट्रोलियम उत्पादन बढाउन मनाउन सकेको छैन । यस्तो अवस्थामा भारतले रणनीतिक भण्डारबाट कच्चा तेल निकाल्न कत्तिको प्रभावकारी हुन्छ भन्नेमा भारतीय सञ्चारमाध्यमले अनिश्चितता व्यक्त गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register