झलनाथ भन्छन् – बीआरआई १५३ देशका लागि हितकर, नेपाललाई कसरी ऋणको पासो ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिशियटिभ (बीआरआई) नेपालका लागि हितकर हुने बताएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै खनालले ‘विश्वका १५३ देशहरुका लागि हितकर हुने तर नेपालको निम्ति ऋण पासो कसरी हुन्छ ?’ भन्दै प्रश्नसमेत गरेका छन् । उनले भनेका छन्, ‘सत्तारुढ दुई दलका नेताहरु […]

Nov 21, 2024 - 11:47
 0
झलनाथ भन्छन् – बीआरआई १५३ देशका लागि हितकर, नेपाललाई कसरी ऋणको पासो ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिशियटिभ (बीआरआई) नेपालका लागि हितकर हुने बताएका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै खनालले ‘विश्वका १५३ देशहरुका लागि हितकर हुने तर नेपालको निम्ति ऋण पासो कसरी हुन्छ ?’ भन्दै प्रश्नसमेत गरेका छन् ।

उनले भनेका छन्, ‘सत्तारुढ दुई दलका नेताहरु सरकार र प्रधानमन्त्रीलाई म के भन्न चाहन्छु भने हामी नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखौँ, भूराजनीतिको पासोमा नफसौ, नेपाली बुद्धिले अन्तराष्ट्रिय सम्वन्धलाई हेरौं, छिमेकमा चीन जस्तो विकासवान विश्वकै दोस्रो आर्थिक शक्ति हुनु हाम्रा निम्ति ठूलो अवसर समेत हो, त्यो अवसरलाई बुद्धिमतापूर्ण रुपले ग्रहण गरौं, नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर विआरआई कार्यान्वयन लगायतका विभिन्न सम्झौताहरु गरेर चीनसंग सहयोग र सम्बन्धलाई गहिरो बनाउँदै राष्ट्रिय विकास र निमार्ण कार्यलाई गति प्रदान गरौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण हुँदा त्यस्ता भ्रमहरूलाई तोड्दै नेपालको राष्ट्रिय हित अनुकुल हुने सम्झौता गर्ने विश्वास जनताले गरेको खनालको भनाइ छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register