काठमाडौँ प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले भोलि (मंसिर ७ गतेदेखि) साँझ साढे ५ देखि ११ बजेसम्म आफ्नो कार्यालय परिसर सवारी पार्किङका लागि निःशुल्क उपलब्ध गराउने भएको छ ।  प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले भन्छन्, ‘यो सुविधा पछि कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत स्थानको यातायात आवागमन र पार्किङमा सहजता हुनेछ ।’ काफ्लेका अनुसार दुई पाङ्ग्रे र ४ […]

Nov 21, 2024 - 14:58
 0
काठमाडौँ प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने

काठमाडौँ ।

 काठमाडौँ महानगरपालिकाले भोलि (मंसिर ७ गतेदेखि) साँझ साढे ५ देखि ११ बजेसम्म आफ्नो कार्यालय परिसर सवारी पार्किङका लागि निःशुल्क उपलब्ध गराउने भएको छ । 

प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले भन्छन्, ‘यो सुविधा पछि कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत स्थानको यातायात आवागमन र पार्किङमा सहजता हुनेछ ।’ काफ्लेका अनुसार दुई पाङ्ग्रे र ४ पाङ्ग्रे दुवै खालका सवारी साधनका लागि हो । 

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार पार्किङ व्यवस्थापन महानगर प्रहरी बलले गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register