क्वालालम्पुरदेखि भैरहवामा व्यावसायिक उडान भर्दै नेपाल एयरलाइन्स

Jun 12, 2023 - 03:54
 0
क्वालालम्पुरदेखि भैरहवामा व्यावसायिक उडान भर्दै नेपाल एयरलाइन्स
क्वालालम्पुरदेखि भैरहवामा व्यावसायिक उडान भर्दै नेपाल एयरलाइन्स

काठमाडौं । नेपाल एयरलाइन्सको जहाजले पहिलोपटक मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलका लागि मंगलबारबाट नियमित उडान सुरू गर्ने भएको छ ।

भोलि मंगलबार राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको जहाजले कोललाम्पुरबाट उडेर भैरहवा विमानस्थलमा अवतरण हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिएका छन् ।

मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत् भोलि आउने जहाजलाई स्वागत गर्न आफैं विमानस्थल पुग्ने पनि जानकारी दिएका छन् ।

मन्त्री किरातीले भनेका छन्ः

चन्द्र सुर्य ध्वजा आकासमा फहराउँदै हाम्रो जहाज क्वालालम्पुर बाट उडेर भैरहवा विमान स्थलमा भोलि बस्दैछ आउनु हुने यात्रुहरु सबैलाई स्वागत गर्न म आफै जाँदैछु ।
मिति- ३० जेष्ट ०८०
ल्याण्डहुने समय विहान – ७:४०

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1