लुङा पत्रिकाले रजत वर्ष विशेषाङ्कसहित दुई पत्रकार पुरस्कृत गर्ने

दमक, ६ मंसिर । लुङा त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरेको अवसरमा लुङा रजत वर्ष विशेषाङ्क २०८१ विमोचन गर्ने भएको छ । लुङा प्रकाशन परिवारको आज बसेको बैठकले आउँदो मंसिर २१ गते शुक्रबार एक समारोहका बीच दमकमा लुङा रजत वर्ष विशेषाङ्क २०८१ बिमोचन गर्ने निर्णय गरेको पत्रिकाका प्रकाशक–सम्पादक सेसेमी से. नाल्बोले बताए । [...] The post लुङा पत्रिकाले रजत वर्ष विशेषाङ्कसहित दुई पत्रकार पुरस्कृत गर्ने appeared first on Jhapa Online.

Nov 21, 2024 - 15:42
 0
लुङा पत्रिकाले रजत वर्ष विशेषाङ्कसहित दुई पत्रकार पुरस्कृत गर्ने

दमक, ६ मंसिर । लुङा त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरेको अवसरमा लुङा रजत वर्ष विशेषाङ्क २०८१ विमोचन गर्ने भएको छ । लुङा प्रकाशन परिवारको आज बसेको बैठकले आउँदो मंसिर २१ गते शुक्रबार एक समारोहका बीच दमकमा लुङा रजत वर्ष विशेषाङ्क २०८१ बिमोचन गर्ने निर्णय गरेको पत्रिकाका प्रकाशक–सम्पादक सेसेमी से. नाल्बोले बताए ।

पत्रिका २५ वर्ष अघि पाँथथरको साविक मौवा गाविस, हाल तुम्बेवा गाउँपालिका २ स्थायी ठेगाना राखी प्रकाशन सुरु भएको थियो । दमक १ सम्पर्क कार्यालय रहेको लुङा त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरी विशेषाङ्क प्रकाशन गरेको हो ।

सोही समारोहका बीच दुई जना पत्रकारलाई याक्थुङ सेनाल्बो पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने भएको छ । याक्थुङ सेनाल्बो पत्रकारिता पुरस्कार २०७९ र २०८० बाट क्रमशः इत्तुङ्साङ समसामयिक पत्रिकाका प्रकाशक–सम्पादक थाकुहाङ मेरिङ र धड्कन पत्रिका (भारत, आसाम) का प्रकाशक–सम्पादक लोकमान सुब्बा आङशदेम्बे पुरस्कृत हुने छन् । उनीहरुलाई नगद २० हजार रूपैयाँ राशीसहित तामापत्र प्रदान गरिने छ ।

The post लुङा पत्रिकाले रजत वर्ष विशेषाङ्कसहित दुई पत्रकार पुरस्कृत गर्ने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register