आफ्नो सिस्टम ह्याक नभएको इसेवाको दाबी
काठमाडौं । भुक्तानी सेवाप्रदायक इसेवाले सामाजिक सञ्जाल र केही अनलाइन समाचार पोर्टलमा आफ्नाबारे भ्रामक र आधारहीन समाचार प्रवाह भएको दाबी गरेको छ । एक विज्ञप्ति जारी गर्दै कम्पनीले इसेवा प्रणाली ह्याक भएर रकम चोरी भएको तथा इसेवामा रकम असुरक्षित रहेको भन्ने समाचारको खण्डन गरेको हो । आफ्नो १६ वर्षे यात्रामा सुरक्षा प्रणालीलाई कहिल्यै कमजोर हुन नदिएको बताउँदै कम्पनीले ग्राहकको रकम पूर्ण रूपमा सुरक्षित रहेको दाबी गरेको छ । कम्पनीले ग्राहकको रकम डिजिटल वालेटमा नभई बैंक खातामा हुने भएकाले कुनै पनि अनधिकृत पह...

What's Your Reaction?






