निमन्त्रणा पाएर पनि कम्बोडिया गएनन् माओवादी नेता

काडमाडौं । सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू कम्बोडिया भ्रमणमा गएको बेला माओवादीका नेताहरू भने निमन्त्रणा पाएर पनि सहभागी भएका छैनन् । इन्टरनेशनल कन्फ्रेन्स अफ एशियन पाेलिटिकल पार्टीको कार्यक्रममा माओवादीबाट उपाध्यक्ष अग्नि सापकोटा र केन्द्रीय सदस्य गोकर्ण भट्ट सहभागी हुने तय भए पनि उनीहरूले भ्रमण रद्द गरेको बताइएको छ । उपनिर्वाचनका लागि सक्रिय […]

Nov 21, 2024 - 16:47
 0
निमन्त्रणा पाएर पनि कम्बोडिया गएनन् माओवादी नेता

काडमाडौं । सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू कम्बोडिया भ्रमणमा गएको बेला माओवादीका नेताहरू भने निमन्त्रणा पाएर पनि सहभागी भएका छैनन् ।

इन्टरनेशनल कन्फ्रेन्स अफ एशियन पाेलिटिकल पार्टीको कार्यक्रममा माओवादीबाट उपाध्यक्ष अग्नि सापकोटा र केन्द्रीय सदस्य गोकर्ण भट्ट सहभागी हुने तय भए पनि उनीहरूले भ्रमण रद्द गरेको बताइएको छ । उपनिर्वाचनका लागि सक्रिय हुनुपरेको र कार्यक्रमको उपादेयता भन्दा जनतामाँझ जानू महत्वपूर्ण भएकोले माओवादी नेताहरू सहभागी नभएको स्रोतले जनाएको छ ।

यसपटकको सम्मेलनमा ‘फेक न्यूज इन डिजिटल एरा’ विषयमा प्लेनरी छलफल हुन गइरहेको छ। कार्यक्रममा भ्रामक समाचारहरूलाई राजनीतिक दलहरूले कसरी सामना गर्ने भन्ने विषयका साथै शान्ति र मेलमिलापमाथि समेत प्लेनरी छलफल हुने बताइएको छ ।

नेकपा एमालेका नेता राजन भट्टराईले नेपालबाट १३ जना नेताहरू सहभागी हुने भन्दै  सूची सार्वजनिक गरेका थिए । भट्टराई उक्त संस्थाको स्थायी समिति सदस्य पनि हुन । नेकपा माओवादी केन्द्रले भने पहिलोपटक सहभागिता जनाउन खोजेपनि अन्तिममा आएर सहभागिता रद्द गरेको एक नेताले जानकारी दिए । सहभागी हुने भनिएका  नेता अग्नि सापकोटा कीर्तिपुरको निर्वाचनमा होमिएका छन् ।

कार्यक्रममा कांग्रेस, एमालेका साथै केही अन्य दलका नेता समेत सहभागी छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register