यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ एसिया कपमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीलाई बिदाइ गरेको छ । मंगलबार आयोजित एक कार्यक्रमबीच क्यानले नेपाली टोलीलाई बिदाइ गरेको हो । यसअघि प्रतियोगिताका लागि क्यानले हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ । केही दिनअघि भारतको कनार्टक यू–१९ सँगको पाँच खेलको सिरिजको प्रदर्शनका आधारमा अन्तिम टोली […]

Nov 26, 2024 - 07:41
 0
यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ एसिया कपमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीलाई बिदाइ गरेको छ ।

मंगलबार आयोजित एक कार्यक्रमबीच क्यानले नेपाली टोलीलाई बिदाइ गरेको हो । यसअघि प्रतियोगिताका लागि क्यानले हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

केही दिनअघि भारतको कनार्टक यू–१९ सँगको पाँच खेलको सिरिजको प्रदर्शनका आधारमा अन्तिम टोली तयार गरिएको हो । उक्त सिरिज नेपाली टोलीले ३–२ ले जितेको थियो ।

क्यानले पूर्वराष्ट्रिय खेलाडी शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धीरेन्द्र चन्दलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

५० ओभरको खेल एसिया कप मंसिर १४ देखि २३ गतेसम्म हुनेछ । मंसिर १४ गते नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्नेछ । दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशको सामना गर्ने नेपालले अन्तिम खेल मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।

एसीसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका आठ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत: छनोट भएका थिए ।

यूएई, नेपाल र जापान गत वर्ष मलेसियामा भएको एसीसी प्रिमियर कपको शीर्ष-३ मा रहेर छनोट भएका थिए । गत वर्षको अक्टोबरमा भएको यस प्रतियोगितामा यूएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।

प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै समूह ‘बी’मा रहेका छन् ।

समूह ‘ए’मा भारत, पाकिस्तान, जापान र यूएई रहेका छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल मंसिर २३ गते हुनेछ ।

नेपाली टोली-

हेमन्त धामी, अर्जुन कुमाल आकाश त्रिपाठी, उत्तम रङ्गु थापामगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अप्राजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register