बेलायतमा वेपत्ता भए नेपाली विद्यार्थी, खोजीमा जुट्यो नेपाली समुदाय

लन्डन । अध्ययनका लागि बेलायत आएका एक नेपाली विद्यार्थी पाँच दिनदेखि बेपत्ता बनेका छन् । युनिभर्सिटी अफ वेष्ट अफ इंग्ल्यान्डमा अध्ययनरत मोरङ सुन्दरहरैचा ७ गोठगाउँ घर भएका २३ वर्षीय सचिन भट्टराई बेपत्ता भएका हुन् । लन्डन ब्रिस्टोलको मास्र्टन रोडमा बस्ने सचिनले स्थानीय डोमिनोज पिज्जामा काम गर्दै आएका थिए । गत शनिबार नोभेम्बर १६ तारिखको साँझ […]

Nov 21, 2024 - 17:28
 0
बेलायतमा वेपत्ता भए नेपाली विद्यार्थी, खोजीमा जुट्यो नेपाली समुदाय

लन्डन । अध्ययनका लागि बेलायत आएका एक नेपाली विद्यार्थी पाँच दिनदेखि बेपत्ता बनेका छन् ।

युनिभर्सिटी अफ वेष्ट अफ इंग्ल्यान्डमा अध्ययनरत मोरङ सुन्दरहरैचा ७ गोठगाउँ घर भएका २३ वर्षीय सचिन भट्टराई बेपत्ता भएका हुन् ।

लन्डन ब्रिस्टोलको मास्र्टन रोडमा बस्ने सचिनले स्थानीय डोमिनोज पिज्जामा काम गर्दै आएका थिए । गत शनिबार नोभेम्बर १६ तारिखको साँझ करिब सवा ८ बजेतिर काम सकेर निस्किएका उनी त्यसयता सम्पर्कमा नआएको उनको पविारलाई उदृत गर्दै नेप्लिज इन यूके ग्रुप सञ्चालक विरेन्द्र नेपालले नेपालीलिंकलाई जानाकरी गराए ।

गत सेप्टेम्बर २१ मा मात्रै लन्डन आएका सचिन दुई महिना हुन नपाउँदै बेपत्ता बनेका छन् । उनको खोजीको पहलस्वरुप बेलायती प्रहरीमा पनि रिपोर्ट गरिसकिएको छ । सचिन एमबिए अध्ययनका लागि बेलायत आएका थिए ।

उनलाई पित्तथैलीमा पत्थरीको समस्या रहेको तर अन्य कुनै स्वास्थ्य समस्याहरुबारे जानकारी नभएको उनीनिकट स्रोतले जनायो । सचिनको परिवारले उनको खोजीमा सहयोग गरिदिन बेलायतस्थित नेपाली समुदायलाई आग्रह गरेको छ ।

प्रहरीले खोजी कार्य जारी राखे पनि नजिकको  सम्बन्धित मानिस नभएकोले  प्रहरीले जानकारी दिन अस्विकार गरेको यति एशोसियसन यूकेका महासचिव टंक भट्टराईले जानकारी दिए । बेलायतमा उनको नजिकको मानिसको खोजीमा रहेको पनि उनले बताए ।

सचिनबारे कुनै जानकारी भए वा उनलाई भेटे बेलायती प्रहरी वा लन्डनस्थित  उनकै कोठामा बस्ने साथीको सम्पर्क नम्बर ०७५७०७३४४३२ मा खबर गर्न आग्रह गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register