आज काठमाडौंमा एमालेको ‘शक्ति प्रदर्शन’, एक लाख मानिस उतार्ने लक्ष्य

पूर्वमा जयनेपाल हलदेखि तल र ठमेलतर्फ केशरबहलबाट माथि दरबारमार्गतर्फ बाटो बन्द हुने छ । जमलबाट दरबारमार्गतर्फ जाने बाटो पनि बन्द हुनेछ । यी बीचमा एमालेको कार्यक्रम हुने छ । कार्यक्रममा सयौँ जना स्वयम्सेवक खटिने छन् ।

Nov 22, 2024 - 03:41
 0
आज काठमाडौंमा एमालेको ‘शक्ति प्रदर्शन’, एक लाख मानिस उतार्ने लक्ष्य

काठमाडौं । जागरण सभामा कार्यकर्ता र समर्थक गरी एक लाख उतार्ने लक्ष्य लिएको सत्तारुढ दल नेकपा (एमाले)ले आज (शुक्रबार) काठमाडौंमा ‘शक्ति प्रदर्शन’ गर्दैछ ।

अराजकतावादीले जबरजस्ती निराशा छर्न खोजेका र देशमा केही भएको छैन सन्देश दिन ‘जागरण सभा’ कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ ।

सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि कार्यक्रम आयोजना गरिएको एमालेले भनाइ छ । एमालेले जागरण सभामा कार्यकर्ता र समर्थक गरी एक लाख उतार्ने लक्ष्य लिएको छ ।

जागरणसभाका संयोजक स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले उपत्यकाको ३ जिल्ला, जनसंगठन, सम्पर्क कमिटीसहितको उपस्थिति हुने भएकाले त्यति संख्या पुर्याउने दाबी गरे ।

भट्टराई कम्बोडिया गएपछि एमाले बाग्मती अध्यक्ष कैलाश ढुंगेल जागरणसभाका संयोजक भएका छन् ।

जुलुस साढे ११ बजेबाट सुरु भई १२ बजे सभामा परिणत हुने बताइएको छ । भद्रकालीबाट सुरु हुने जुलुस, न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क घुमेर दरबारमार्गको सडकमा सभामा परिणत हुनेछ । दरबारमार्गमा नारायणहिटी संग्राहलयअगाडि सभा हुनेछ ।

सभामा एक लाख मानिस सहभागी गराउने लक्ष्य रहेको सो दलका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

पूर्वमा जयनेपाल हलदेखि तल र ठमेलतर्फ केशरबहलबाट माथि दरबारमार्गतर्फ बाटो बन्द हुनेछ । जमलबाट दरबारमार्गतर्फ जाने बाटो पनि बन्द हुनेछ । यी बीचमा एमालेको कार्यक्रम हुनेछ । कार्यक्रममा सयौँ जना स्वयम्सेवक खटिने छन् ।

जुलुस र सहभागिता बढ्ने देखिएकाले पूर्वनिर्धारित स्थल भृकुटीमण्डपमा ट्राफिक व्यवस्थापनमा समस्या हुने देखिन्छ । सर्वसाधारणलाई मर्का पर्ने देखिएकाले फराकिलो र एउटा सडकमात्र प्रभावित हुने ठाउँ खोजिएको एमालेले जनाएको छ ।

सभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलगायत अन्य वरिष्ठ नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

शुक्रबार नारायणहिटी दरबारअगाडि एमालेको सभा, हुनेछन् यी बाटो बन्द

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register