प्रधानमन्त्री प्रचण्ड आज खप्तड जाँदै

Jun 6, 2023 - 03:05
 0
प्रधानमन्त्री प्रचण्ड आज खप्तड जाँदै
प्रधानमन्त्री प्रचण्ड आज खप्तड जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड जाँदैछन् । खप्तडमा आज देखी सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उदघाटनका लागि प्रधानमन्त्री प्रचण्ड आज खप्तड जान लागेका हुन । 

सो सम्मेलनमा बिश्व प्रसिद्ध योग गुरु रामदेव,  पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दैँ आएका महायोगी जगत्गुरु शिद्धबाबा कृष्णदास महाराजलगायतको उपस्थिति रहने छ ।

सम्मेलनको पहिलो दिन बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योगा गराउने कार्यक्रम रहेको छ भने साे सम्मेलनमा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकीहरू भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायतका प्रस्तुत गरिनेछ ।

डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाले घेरिएको खप्तड क्षेत्र धार्मिक तथा बहुमूल्य जडीबुटीका लागि प्रख्यात छ। २२ पाटन, २५ मैदान र ५२ वटा थुम्काले भरिपूर्ण एवं जैविक विविधताको फूलबारी खप्तडमा सयौँ प्रजाति चरा, ३७२ प्रजातिका वनस्पति र १३० थरीका जडीबुटी पाइन्छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1