सबैभन्दा बढी आयकर बुझाउने सीजी मोटर्स सम्मानित

ललितपुर । आन्तरिक राजश्व कार्यालय ललितपुरले सीजी मोटर्स प्रा.लि.लाई सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रूपमा सम्मान गरेको छ । राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा, आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा बढी आयकर दाखिला गरेको उपलब्धिका लागि सीजी मोटर्सलाई यो सम्मान प्रदान गरिएको हो । कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत नवराज पन्थीले चौधरी ग्रुपका […]

Nov 22, 2024 - 08:47
 0
सबैभन्दा बढी आयकर बुझाउने सीजी मोटर्स सम्मानित

ललितपुर । आन्तरिक राजश्व कार्यालय ललितपुरले सीजी मोटर्स प्रा.लि.लाई सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रूपमा सम्मान गरेको छ ।

राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा, आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा बढी आयकर दाखिला गरेको उपलब्धिका लागि सीजी मोटर्सलाई यो सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत नवराज पन्थीले चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई खादा र सम्मानपत्र प्रदान गर्दै कम्पनीको योगदानको प्रशंसा गरे । करप्रतिको जिम्मेवारी र पारदर्शितामा सीजीको योगदान उदाहरणीय रहेको उनले बताए ।

सम्मान लिँदै निर्वाण चौधरीले आफ्नो चौधरी ग्रूप समूहले देशको कुल सरकारी राजस्वको २ प्रतिशत योगदान गर्न सफल भएकोमा सन्तोष व्यक्त गर्दै आगामी दिनमा राष्ट्रको आर्थिक र सामाजिक विकासमा अझ योगदान गर्ने प्रतिबद्धता जनाए ।

सीजी मोटर्सको यो उपलब्धिले कर प्रणालीप्रतिको जिम्मेवारी र व्यवसायिक इमानदारीको राम्रो उदाहरण प्रस्तुत गरेको छ ।

चौधरी ग्रूप राष्ट्रको कुल राजस्वमा २ प्रतिशत योगदान गर्दै आर्थिक विकासको सहयात्री बनेको छ। मुलुकमा व्यवसायिक सफलता र सामाजिक उत्तरदायित्वको सन्तुलन कायम राख्दै अग्रणी भूमिका खेलिरहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register