बलात्कार आरोपित प्रहरी जवान थुनामा

धादिङ।  १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरी जवान थुनामा पुगेका छन् ।  चितवन जिल्ला माडी नगरपालिका–३ का २८ वर्षीय हरी नारायण महतोलाई जिल्ला अदालत धादिङको शुक्रबारको आदेशले पुर्पक्षका  लागि थुनामा पठाएको छ। जिल्ला न्यायाधीश  मनकुमारी विक जिएमको इजलासले बालिका बलात्कार गरेको आरोपमा हिरासतमा राखिएका महतोलाई पुर्पक्षका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना […]

Nov 22, 2024 - 14:34
 0
बलात्कार आरोपित प्रहरी जवान थुनामा

धादिङ। 

१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरी जवान थुनामा पुगेका छन् ।

 चितवन जिल्ला माडी नगरपालिका–३ का २८ वर्षीय हरी नारायण महतोलाई जिल्ला अदालत धादिङको शुक्रबारको आदेशले पुर्पक्षका  लागि थुनामा पठाएको छ।

जिल्ला न्यायाधीश  मनकुमारी विक जिएमको इजलासले बालिका बलात्कार गरेको आरोपमा हिरासतमा राखिएका महतोलाई पुर्पक्षका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए ।

आरोपित महतोले बालिकालाई नीलकण्ठ नगरपालिका –३ मा ०८१ असोज ५ गते बलात्कार गरेको भन्दै कात्तिक  १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि सोही दिन हिरासतमा लिइएको थियो । पीडितको कात्तिक १५ गते धादिङ अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register