फुलचोकी डाँडामा घुम्न जाँदा हराएका १३ जना भेटिए
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकास्थित फुलचोकी डाँडामा घुम्न जाँदा हराएका १३ जना भेटिएका छन् । उनीहरू सोमबार अपरान्ह जंगलमा हराएका थिए । हराएकाको खोजीमा प्रहरी परिचालन गरिएको थियो । प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको टोलीले उनीहरुलाई फेला पारेको हो । उनीहरूलाई प्रहरी प्रभाग बाँडेगाउँमा ल्याइ आफन्तको जिम्मा लगाइएको छ । सबैको शारिरीक र मानसिक अवस्था सामान्य […]

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकास्थित फुलचोकी डाँडामा घुम्न जाँदा हराएका १३ जना भेटिएका छन् ।
उनीहरू सोमबार अपरान्ह जंगलमा हराएका थिए । हराएकाको खोजीमा प्रहरी परिचालन गरिएको थियो ।
प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको टोलीले उनीहरुलाई फेला पारेको हो । उनीहरूलाई प्रहरी प्रभाग बाँडेगाउँमा ल्याइ आफन्तको जिम्मा लगाइएको छ ।
सबैको शारिरीक र मानसिक अवस्था सामान्य रहेक प्रहरीले जनाएको छ । फुलचोकी डाँडा घुम्न जाँदा घना जङ्गलमा हराउने सम्भावना भएकाले सचेत हुन प्रहरीले आग्रह गरेको छ ।
What's Your Reaction?






