जाडोमा बच्चालाई नुहाइदिँदा यी कुरामा राख्नुहोस् ध्यान

काठमाडौं । जाडोको मौसममा चिसोलाई ध्यानमा राखेर बच्चालाई नुहाइदिनुपर्छ । यदि बच्चालाई नुहाउनको लागि सही तापमानको पानीको प्रयोग नगरिएमा वा बच्चालाई समयमै तौलियाले नपुछिएमा त्यसले पनि बच्चाको स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ । यस्तो अवस्थामा कसरी साना बच्चालाई स्वास्थ्यमा नराम्रो असर नपर्ने गरी नुहाइदिने यसबारे जानौँ । बाथरुम तयारी अवस्थामा राख्नुहोस् तपाईंले बच्चालाई बाथरुममा तब […]

Nov 23, 2024 - 04:17
 0
जाडोमा बच्चालाई नुहाइदिँदा यी कुरामा राख्नुहोस् ध्यान

काठमाडौं । जाडोको मौसममा चिसोलाई ध्यानमा राखेर बच्चालाई नुहाइदिनुपर्छ । यदि बच्चालाई नुहाउनको लागि सही तापमानको पानीको प्रयोग नगरिएमा वा बच्चालाई समयमै तौलियाले नपुछिएमा त्यसले पनि बच्चाको स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ । यस्तो अवस्थामा कसरी साना बच्चालाई स्वास्थ्यमा नराम्रो असर नपर्ने गरी नुहाइदिने यसबारे जानौँ ।

बाथरुम तयारी अवस्थामा राख्नुहोस्
तपाईंले बच्चालाई बाथरुममा तब मात्र लैजानुहोस् जब बाथरुम बच्चाको लागि तयार होस् । नुहाइदिनको लागि सम्पूर्ण कुराहरू तयार गरिसकेपछि मात्र बच्चालाई बाथरुममा लग्नुहोस् । साथै, बाथरुमको झ्यालहरू बन्द राख्नुहोस् जसले गर्दा बाहिरको हावा बच्चालाई नलागोस् ।

पानीको तापमान
धेरै पटक हाम्रो हातमा पानीको तातोपन कम महसुस हुन्छ तर बच्चाको शरीर यही पानीले पोल्न सक्छ । ध्यान राख्नुहोस् कि बच्चालाई जुन पानीमा नुहाइँदैछ त्यो ३६ देखि ३८ डिग्री सेल्सियस सम्म होस् । तपाईंले आफ्नो खुट्टाको छाला वा पाखुरामा पनि यो पानी हालेर तापमान जाँच गर्न सक्नुहुनेछ ।

हातले साबुन लगाउनुहोस्
तपाईंले बच्चालाई साबुन लगाउनको लागि आफ्नो हातको प्रयोग गर्न सक्नुहुन्छ, तपाईंलाई कुनै किसिमको ब्रस वा स्पन्ज आदि प्रयोग गर्नु आवश्यक छैन । बच्चालाई नुहाएपछि उसलाई नरम तौलियाले पुछेर कपडा लगाउन सकिन्छ ।

बच्चालाई पानीमा धेरै बेर नराख्नुहोस्
जाडोको मौसममा बच्चालाई धेरै बेरसम्म पानीमा राख्नबाट बच्नु पर्छ । तातो पानीले बच्चाको संवेदनशील छालालाई सुक्खा बनाउन सक्छ । साथै, साबुनले बच्चाको छालाको प्राकृतिक सुरक्षात्मक तहलाई नोक्सान पुर्‍याउँछ । त्यसैले बच्चालाई थोरै समयमै नुहाइदिनु पर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register