बंगलादेशको सरकारले भन्यो– हसिनालाई भारतबाट फिर्ता ल्याउनु हाम्रो प्राथमिकता हो

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसका प्रेस सचिव शफिकुल आलमले शेख हसिनालाई भारतबाट फिर्ता ल्याउनु सरकारको प्राथमिकता रहेको बताएका छन् । बीबीसी बंगलासँग उनले भने, ‘सरकारले बंगलादेशको कानुनअनुसार शेख हसिनालाई जतिसक्दो चाँडो फिर्ता ल्याउने काम गरिरहेको छ ।’ बंगलादेशले भारतसँग अपदस्थ प्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न माग गरेको छ । बंगलादेशको विदेश मन्त्रालयका सल्लाहकार […]

Dec 25, 2024 - 04:29
 0
बंगलादेशको सरकारले भन्यो– हसिनालाई भारतबाट फिर्ता ल्याउनु हाम्रो प्राथमिकता हो

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसका प्रेस सचिव शफिकुल आलमले शेख हसिनालाई भारतबाट फिर्ता ल्याउनु सरकारको प्राथमिकता रहेको बताएका छन् ।

बीबीसी बंगलासँग उनले भने, ‘सरकारले बंगलादेशको कानुनअनुसार शेख हसिनालाई जतिसक्दो चाँडो फिर्ता ल्याउने काम गरिरहेको छ ।’

बंगलादेशले भारतसँग अपदस्थ प्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न माग गरेको छ ।

बंगलादेशको विदेश मन्त्रालयका सल्लाहकार मोहम्मद तोहेद हुसेनले भर्खरै हसिनालाई न्यायिक प्रक्रियामा सामेल हुन फिर्ता पठाउनुपर्ने कुरा भारतलाई जानकारी गराएको बताएका छन् ।

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिना अगस्ट ५ देखि भारतमा छिन् ।

भारतको विदेश मन्त्रालयका प्रवक्ताले यसको पुष्टि गर्दै भने, ‘हामीले बंगलादेशको उच्चायोगबाट सुपुर्दगी अनुरोध प्राप्त गरेका छौं ।’

हसिनालाई सुपुर्दगी गर्न भारतलाई बङ्गलादेशको कूटनीतिक नोट

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register