दक्षिण कोरियामा ३८ जना भियतनामी पर्यटक बेपत्ता

सियोल । दक्षिण कोरियाको दक्षिणी क्षेत्रमा रहेको रिसोर्ट टापु जेजुमा ३८ जना भियतनामी पर्यटक बेपत्ता भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार टापुको पर्यटन ङ्गगठनलाई उद्धृत गर्दै जनाएको छ । गत नोभेम्बर– १४ मा चार्टर्ड भियेटजेट एयरको उडानबाट करिब ९० जना भियतनामी यात्रु टापुमा आइपुगेको स्रोतले जनाएको छ । तिनीहरूमध्ये ३८ जना पर्यटकहरु यहि स्थान बाट सम्पर्कविहीन […]

Dec 3, 2024 - 07:36
 0
दक्षिण कोरियामा ३८ जना भियतनामी पर्यटक बेपत्ता

सियोल । दक्षिण कोरियाको दक्षिणी क्षेत्रमा रहेको रिसोर्ट टापु जेजुमा ३८ जना भियतनामी पर्यटक बेपत्ता भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार टापुको पर्यटन ङ्गगठनलाई उद्धृत गर्दै जनाएको छ ।

गत नोभेम्बर– १४ मा चार्टर्ड भियेटजेट एयरको उडानबाट करिब ९० जना भियतनामी यात्रु टापुमा आइपुगेको स्रोतले जनाएको छ ।

तिनीहरूमध्ये ३८ जना पर्यटकहरु यहि स्थान बाट सम्पर्कविहीन भएको तथा बाँकी यात्रुहरू सोही उडानमा फिर्ता भएको स्रोतले जनाएको छ ।

ती विदेशी यात्रुहरूलाई बिनाभिसा ३० दिनसम्म उक्त टापुमा बस्न अनुमति दिइएको थियो । जसअनुसार ती भियतनामी पर्यटकहरू डिसेम्बर–१४ पछि अवैध आप्रवासी हुनेछन् ।

टापुस्थित अध्यागमन कार्यालयले बेपत्ता भियतनामीहरूको ठेगाना पत्ता लगाउन निगरानी गरिरहेको जनाएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register