सूर्यदर्शन सहकारी ठगी प्रकरणः पूर्वसांसद मिना गुरुङ पक्राउ

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पूर्वसांसद मिना गुरुङ पक्राउ परेकी छिन् । एमालेबाट गण्डकी प्रदेशको पूर्वसांसद बनिसकेकी गुरुङलाई उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो । गुरुङ पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष हुन् । पछि सहकारी दर्ता भएको एक महिना बित्दानबित्दै सहकारीको अध्यक्षमा ज्ञानबहादुर बामजन आएका थिए भने गुरुङ उपाध्यक्ष बनेकी थिइन् […]

Dec 25, 2024 - 02:41
 0
सूर्यदर्शन सहकारी ठगी प्रकरणः पूर्वसांसद मिना गुरुङ पक्राउ

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पूर्वसांसद मिना गुरुङ पक्राउ परेकी छिन् । एमालेबाट गण्डकी प्रदेशको पूर्वसांसद बनिसकेकी गुरुङलाई उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।

गुरुङ पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष हुन् । पछि सहकारी दर्ता भएको एक महिना बित्दानबित्दै सहकारीको अध्यक्षमा ज्ञानबहादुर बामजन आएका थिए भने गुरुङ उपाध्यक्ष बनेकी थिइन् ।

सोही समयमा सहकारीमा बचतकर्ताको १ करोड ५४ लाख रुपैयाँ भन्दा बढी रकम अपचलन भएको गुरुङलाई प्रतिवादी बनाएर जिल्ला अदालत कास्कीमा दायर गरिएको अभियोगपत्रमा उल्लेख छ ।

पक्राउ परेकी गुरुङबाट १ अर्ब ५१ करोड रुपैयाँ असुल गर्न माग गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register