सीएटीएलले ल्यायो नयाँ ईभी च्यासिस, ठूलो दुर्घटनामा समेत आगलागी नहुने दाबी
काठमाडौं । चीनको सबैभन्दा ठूलो विद्युतीय सवारी साधन (ईभी) ब्याट्री निर्माता कन्टेम्पोररी एम्परेक्स टेक्नोलोजी लिमिटेड (सीएटीएल) ले ईभीलाई आगलागी र ठक्करका बेला हुने विस्फोटबाट सुरक्षित राख्न नयाँ च्यासिस सार्वजनिक गरेको छ । कम्पनीले यो च्यासिसमा आधारित कारहरू संयुक्त रूपमा विकास गर्न आफ्नै साझेदारीमा रहेको चिनियाँ ईभी ब्रान्ड ‘अभातर’ सँग सहकार्य गर्ने जनाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा सीएटीएलले यो च्यासिसको मुख्य विशेषता यसको संरचना रहेको बताएको छ । यो च्यासिस कारको माथिल्लो भागबाट सजिलै छुट्टिन सक्ने...

What's Your Reaction?






