विधानसभा चुनाव : यस्तो छ महाराष्ट्र र झारखण्डको पछिल्लो मतपरिणाम

काठमाडौं । भारतको महाराष्ट्र र झारखण्ड राज्यको विधानसभा चुनावको मतगणना जारी छ । २८८ विधानसभा सिट भएको महाराष्ट्रमा भाजपाको गठबन्धन महायुतीले अहिलेसम्म २४ स्थानमा जित हासिल गरिसकेको छ । २०१ सिटमा अग्रता लिइरहेको छ । महाविकास अघाडी गठबन्धनले १ सिट जितेको छ भने ५२ स्थानमा अगाडि रहेको छ । महायुतिमा बीजेपी, शिवसेना (एकनाथ शिन्दे) र […]

Nov 23, 2024 - 09:59
 0
विधानसभा चुनाव : यस्तो छ महाराष्ट्र र झारखण्डको पछिल्लो मतपरिणाम

काठमाडौं । भारतको महाराष्ट्र र झारखण्ड राज्यको विधानसभा चुनावको मतगणना जारी छ ।

२८८ विधानसभा सिट भएको महाराष्ट्रमा भाजपाको गठबन्धन महायुतीले अहिलेसम्म २४ स्थानमा जित हासिल गरिसकेको छ । २०१ सिटमा अग्रता लिइरहेको छ ।

महाविकास अघाडी गठबन्धनले १ सिट जितेको छ भने ५२ स्थानमा अगाडि रहेको छ ।

महायुतिमा बीजेपी, शिवसेना (एकनाथ शिन्दे) र एनसीपी (अजित पवार) दल समावेश छन् भने महाविकास अघाडी गठबन्धनमा कांग्रेस, शिवसेना (उद्धव ठाकरे) र एनसीपी (शरद पवार) छन् ।

लोकसभा प्रतिनिधित्वको हिसाबले महाराष्ट्र दोस्रो ठूलो राज्य हो र भारतमा विधानसभा संख्याको हिसाबले तेस्रो ठूलो राज्य हो ।

यता, झारखण्डका ८१ सिटमा पनि मतगणना जारी छ । प्रारम्भिक नतिजा अनुसार यहाँ झामुमो गठबन्धन ५६ सिटमा अगाडि छ भने भाजपा गठबन्धन २४ सिटमा अग्रस्थानमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register