बाजुरामा विपन्न छ सय विद्यार्थीलाई न्यानो कपडासहित झोला वितरण

बाजुरा । बाजुराका विभिन्न विद्यालयका ६ सय बढी विद्यार्थीहरुलाई ल्यानो कपडासहित स्कुल ब्याग वितरण गरेका छन् । पत्रकार,राजनीतिकर्मी एवं सामाजिक अभियान्ताद्वोय रिता शाही र प्रकाश शिंहले शुक्रबार दिउसो जिल्लाका छुट्टाछुट्टै विद्यालयमा सामग्री वितरण गरेका हुन् । काँग्रैस नेतृ रिता शाहीले बुढिनन्दा नगरपालिकाको कैलाश आधारभुत विद्यालयका गरिव तथा जेहन्दार करिब तीन सय विद्यार्थीलाई स्कुल ब्याग र […]

Nov 23, 2024 - 10:28
 0
बाजुरामा विपन्न छ सय विद्यार्थीलाई न्यानो कपडासहित झोला वितरण

बाजुरा ।

बाजुराका विभिन्न विद्यालयका ६ सय बढी विद्यार्थीहरुलाई ल्यानो कपडासहित स्कुल ब्याग वितरण गरेका छन् । पत्रकार,राजनीतिकर्मी एवं सामाजिक अभियान्ताद्वोय रिता शाही र प्रकाश शिंहले शुक्रबार दिउसो जिल्लाका छुट्टाछुट्टै विद्यालयमा सामग्री वितरण गरेका हुन् ।

काँग्रैस नेतृ रिता शाहीले बुढिनन्दा नगरपालिकाको कैलाश आधारभुत विद्यालयका गरिव तथा जेहन्दार करिब तीन सय विद्यार्थीलाई स्कुल ब्याग र न्यानो टोपी वितरण गरेकी हुन् । बाजुराको उच्च हिमली भेग पाण्डुसैनमा हिउँद लागे सँगै अत्धिक चिसो बढेसँगै बालबालिका कठेग्रीन थालेपछि समाजिक अभियान्ता रिता शाहीसँग अनुरोध गरेका थियो । थोरै भएपनि जेहेन्दार विद्यार्थीका लागि टोपी र ब्याजग नि:शुल्क पाउँदा राहात भएको महशुस भएको वडाध्यक्ष अशोक दानीले भने ।

सामाजिक अभियान्ता मिङमा दोर्जे शेर्पाको अभियानमा संकलित सहयोग सामाग्री महिला नेत्री शाहीले वितरण गरेकी हुन् । उनले विगत देखि बाजुरामा दैविप्रकोपबाट प्रभावित तथा गरिब दुःखी असाह्य हजार बढी परिवारलाई कपडा तथा राहात वितरण गरिसकेकी छिन्। यसैगरी गत वर्ष जाजरकोट भुकम्पमा परेका परिवारलाई खाद्यन्नसहित न्यानो कपडासँगै खाना पकाउनेभाँडा सहयोगगरेकी थिईन् ।

उनले राजनीतिसँगै सामाजिक अभियानका कार्यपनि सँगसँगै लगेकी छिन् । गरिब असाह्यलाई सहयोग गर्न पाउनुनै मानवको पहिलो धर्म हो । त्यसैले हामी सबैले मानव सेवामा जुट्नुपर्छ सामाजिक अभियान्ता शाहीको भनाई छ ।
त्यसैगरी पत्रकार एबं सामाजिक अभियान्ता प्रकाश सिंहको विशेष पहलमा बाजुरा जिल्लामा विपन्न, असाहय तथा दलित ३ सय बढी विद्यार्थीलाई न्यानो कपडासहित शैक्षिक सामग्री वितरण गरिएको छ ।

बुढिगँगा नगरपालिकामा रहेका दुधिर आधारभुक्त विद्यालय, भगवती माबि र सान्निकोट आधारभूत विद्यालयमा सहयोग गरिएको हो । बडीमालिका फाउण्डेशन नेपालको समन्वय, सहकार्य र नेपाल राईजिङको सहयोगमा विद्यार्थीहरुलाई न्यानो कपडा, झोला तथा शैक्षिक सामग्री वितरण गरिएको बडीमालिका फाउण्डेसनका अध्यक्ष एबं पत्रकार प्रकाश बहादुर सिंहले बताएका छन् । सहयोग सामाग्री विद्यालयको सहकार्यमा सहयोग हस्तान्तरण गरिएको हो ।

दुधिर आधारभुक्त विद्यालयका १ सय ७, भगवतीमा माविका १ सय ६७ र सान्निकोट आधारभुक्त विद्यालयका ६१ जनालाई सहयोग गरिएको छ । आर्थिक अबस्था कमजोर भएका तथा स्कुल ड्रेस तथा स्टेशनरी किन्न नसक्ने विद्यार्थीलाई सहयोग गरिएको हो । विपन्न तथा दलित बालबालिकाहरुलाई प्रति व्यक्ती एक जोडी कपडा,एउटा विद्यालय झोला,कापी,कलम, पेन्सील म्याथमेटिक्स बक्स लगायतका साम्रगी वितरण गरिएको हो ।

भगवती माविका प्रअ सुरेन्द्र केसीले भने विद्यालयमा अध्ययनरत न्युन आय स्रोत भएका तथा विपन्न र असाहयहरुलाई कपडासहित शैक्षिक सामग्री सहयोगले पठन-पाठनमा ठुलो सहयोग हुने बताएका छन् । केही विद्यार्थी स्टेसनरी नबोकेर विद्यालय आउने गरेका थिए, अझ चिसोमा कपडा नहुँदा समस्या हुने गरेको थियो, यसले ठुलो सहयोग भएको उनले बताए ।

सान्निकोट आधारभूत विद्यालयका प्रअ प्रकाश नाथले सरकारी विद्यालयमा अध्ययनरत अधिकांश विपन्न तथा दलित हुने गरका छन् । यसले ठुलो सहयोग भएको बताएका छन् । नेपाल राईजिङसँगको सहयोग तथा बडिमालिका फाउण्डेसन नेपालको समन्वय सहकार्यमा विगतदेखि बाजुरा लगायत सुदुपश्चिमका विपन्न परिवारलाई विभन्न प्रकारका सहयोग गर्दै आएका छन् ।

घाईते अपाङ्ग, टुहुरा र असाह्य महिला बालबालिका शैक्षिक क्षेत्र लगातय विभिन्न ठाउँमा भुकम्पबाट प्रभावित र विपन्नहरुलाई सामाजिक अभियान्ता सिंहले नगद तथा जिन्सीसामाग्री जटाएर प्रत्यक्ष सहयोग गर्दै आएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register