स्कुलस्कुलमा ट्राफिक शिक्षा दिँदै शिद्धराज विष्ट

धनगढी । धनगढीको ट्राफिक सचेतना र ट्राफिक व्यवस्थापनमा सक्रिय भूमिका खेल्दै आएका ट्राफिक प्रहरी हवल्दार शिद्धराज विष्टले स्कुलस्कुलमा पनि ट्राफिक शिक्षा दिन सुरु गरेका छन् । अस्थायी ट्राफिक प्रहरी पोष्ट फूलवारीका इन्चार्जसमेत रहेका प्रह विष्टले आइतबार धनगढी उपमहानगरपालिका-१४ स्थित जन जागृति माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई ट्राफिक शिक्षा दिएका हुन् । पछिल्लो समय विद्यालय जाने क्रममा र […]

Dec 24, 2024 - 02:17
 0
स्कुलस्कुलमा ट्राफिक शिक्षा दिँदै शिद्धराज विष्ट

धनगढी । धनगढीको ट्राफिक सचेतना र ट्राफिक व्यवस्थापनमा सक्रिय भूमिका खेल्दै आएका ट्राफिक प्रहरी हवल्दार शिद्धराज विष्टले स्कुलस्कुलमा पनि ट्राफिक शिक्षा दिन सुरु गरेका छन् ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट फूलवारीका इन्चार्जसमेत रहेका प्रह विष्टले आइतबार धनगढी उपमहानगरपालिका-१४ स्थित जन जागृति माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई ट्राफिक शिक्षा दिएका हुन् ।

पछिल्लो समय विद्यालय जाने क्रममा र विद्यालय छुट्टी भएपछि घर फर्किने क्रममा सडकमा विद्यार्थीको चाप बढि हुँदा दुर्घटना हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै ट्राफिक शिक्षा दिइएको प्रह विष्टले बताएका छन् । विष्टका अनुसार विद्यार्थीहरुलाई सडक कसरी प्रयोग गर्ने ? सडक कसरी काट्ने ? दुर्घटना कसरी हुन्छ ? र बच्न के गर्ने ? भन्ने विषयमा सचेतना दिइएको छ ।

ट्राफिक सेचतना कार्यक्रममा विद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको थियो । उनीहरुले उक्त कार्यक्रमले सडक दुर्घटना न्यूनिकरणमा ठूलो मद्दत गर्ने प्रतिक्रिया दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register