ठगी रोक्न ट्राभल एड्भाइजरी

काठमाडौं । थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओसलगायत देशमा जाने नेपालीहरू ठगिने क्रम बढेपछि सरकारले त्यसलाई रोक्न ट्राभल एड्भाइजरी जारी गरेको छ। नेपालीहरूलाई ती देशमा जान आकर्षक तलब सुविधाको प्रलोभन देखाएर जबरजस्ती अवैध काममा लगाइएको पाइएपछि परराष्ट्र मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गरेको हो। वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई […]

Dec 24, 2024 - 02:16
 0
ठगी रोक्न ट्राभल एड्भाइजरी

काठमाडौं ।

थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओसलगायत देशमा जाने नेपालीहरू ठगिने क्रम बढेपछि सरकारले त्यसलाई रोक्न ट्राभल एड्भाइजरी जारी गरेको छ। नेपालीहरूलाई ती देशमा जान आकर्षक तलब सुविधाको प्रलोभन देखाएर जबरजस्ती अवैध काममा लगाइएको पाइएपछि परराष्ट्र मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गरेको हो।

वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्‍याई अलपत्र पार्ने एवं प्रचलित कानुनबमोजिम निषेध गरिएका कार्यहरूमा संलग्न हुने काम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्यहरू नगर्न/नगराउन परराष्ट्र मन्त्रालयले सम्बन्धित निकायलाई सचेत पारेको छ।

थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक तलब र सुविधा दिने प्रलोभनहरू देखाई नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा यूएईलगायतका मुलुकहरूमा रहेका नेपालीलाई थाइल्यान्डको बैंकक र याङ्गुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यानमारको कायिन प्रान्तको म्यावडी पुर्‍याएर जबरजस्ती अवैध काममा लगाएको विषय यसअघि पनि सार्वजनिक भएको थियो।

त्यसपछि परराष्ट्र मन्त्रालयबाट २०७९ पुस महिनामा यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) जारी गरेपछि उक्त क्षेत्रमा पुग्ने नेपाली नागरिकहरूको संख्यामा कमी आएको थियो । तर, हालका दिनहरूमा मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिहरूमा संलग्न गिरोहहरूले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यानमारमा लगी जबरजस्ती अवैध कार्यहरूमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १२–१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिनेलगायतका समस्याहरू देखिन थालेको मन्त्रालयले जनाएको छ ।

समस्यामा परेकाहरूले उद्धारका लागि नेपाली राजदूतावास याङ्गुन र बैंककमा आवेदन दिने क्रम उल्लेखनीय रूपमा बढोत्तरी भइरहेको मन्त्रालयले जनाएको छ । त्यसैले मन्त्रालयले बढ्दो ठगी रोक्न फेरि ट्राभल एड्भाइजरी जारी गरेको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register