गैंडे सामुदायिक वनमा नेकपा एमालेको बर्चश्व

शिवसताक्षी, ८ मंसिर । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० मा रहेको गैडे सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष बाहेक अन्य सबै पदका उम्मेद्वार विजयी भएका छन् । एमाले तर्फका उम्मेद्वार रामध्वज लावती अध्यक्षमा निर्वाचित भएका छन् । उनीे ५२८ मत प्राप्त गरी आगामी कार्यकालका लागि अध्यक्ष पदका लागि निर्वाचित भएका हुन् । [...] The post गैंडे सामुदायिक वनमा नेकपा एमालेको बर्चश्व appeared first on Jhapa Online.

Nov 23, 2024 - 14:36
 0
गैंडे सामुदायिक वनमा नेकपा एमालेको बर्चश्व

शिवसताक्षी, ८ मंसिर । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० मा रहेको गैडे सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष बाहेक अन्य सबै पदका उम्मेद्वार विजयी भएका छन् । एमाले तर्फका उम्मेद्वार रामध्वज लावती अध्यक्षमा निर्वाचित भएका छन् ।

उनीे ५२८ मत प्राप्त गरी आगामी कार्यकालका लागि अध्यक्ष पदका लागि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिवद्धन्दी नेपाली कांग्रेसको तर्फका उम्मेद्वार अमृतबहादुर कार्की ३९८ र स्वतन्त्र उम्मेद्वार सन्तोष लामाले ९९ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा पदका नेकपा माओवादी केन्द्रका रविन राई निर्वाचत भएका छन् । उनले ४७७ पद प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी दिपेन्द्र संग्रौलाले ३७९ र भानुप्रसाद उप्रेतीले ८८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सचिव पदमा जानुका धितालले ४४६ मत प्राप्त गरी निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिद्धन्दी कुमारी योङहाङ्ग (फागो)ले ४४३ प्राप्त गरेकी छिन् ।

कोषाध्यक्ष पदमा ४०७ मत प्राप्त गरी टिका बास्कोटा निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिद्धन्दी टिकामाया तुम्सा लिम्बुले ३६३ मत प्राप्त गरेकी थिइन् ।

त्यसैगरी खुल्ला सदस्य तर्फ अम्बरबहादुर योङहाङ्ग, रविन राई र हेमन्त कार्की निर्वाचित भएका छन् । महिला सदस्यमा सम्झाना अधिकारी,महिला आदिबासी जनजातिमा कान्तिहाङ्ग सेलिङ लिम्बु , महिला दलितमा विन्दाकुमारी दर्जी, महिला सदस्य पिछडा वर्गमा रिना कुर्मी निर्वाचित भएको निर्वाचन समिति सदस्य नारायण भट्टराईले जनाकारी दिए ।

त्यस्तै ब्लक नं. माई न.पा ८ लोसे सदस्यमा बुद्धकुमार लिम्बु, ब्लक नं. ५ शिवसताक्षी १० ट्याक्राका सदस्यमा कमलप्रसाद निम्सिना निर्वाचत भएको निर्वाचन समितिले जनाएको छ । नेकपा एमालेको तर्फबाट १३ सदस्य मध्ये १२ सदस्य निर्वाचत भएका हुन् ।

The post गैंडे सामुदायिक वनमा नेकपा एमालेको बर्चश्व appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register