रविलाई म्याद थपका लागि पुर्‍याइयो अदालत

काठमाडौं । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (आइतबार) पुनः अदालतमा उपस्थित गराइएको छ । उनलाई बिहान १० बजेपछि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको त्यहाँका सूचना अधिकारी सुरज अधिकारीले नेपालभ्युजलाई जानकारी दिए । सहकारी ठगी, सम्पत्ति र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि यसअघि दिइएको १३ दिनको म्याद […]

Nov 24, 2024 - 05:11
 0
रविलाई म्याद थपका लागि पुर्‍याइयो अदालत

काठमाडौं । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (आइतबार) पुनः अदालतमा उपस्थित गराइएको छ ।

उनलाई बिहान १० बजेपछि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको त्यहाँका सूचना अधिकारी सुरज अधिकारीले नेपालभ्युजलाई जानकारी दिए ।

सहकारी ठगी, सम्पत्ति र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि यसअघि दिइएको १३ दिनको म्याद शुक्रबार सकिएको थियो । यससँगै लामिछानेलाई आज पाँचौ पटक म्याद थपका लागि प्रहरीले कास्की जिल्ला अदालतमा पेस गरिएको हो ।

म्याद थप भएपछि पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि थप अनुसन्धान अघि बढाउने जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

लामिछानेविरुद्ध काठमाडौं र चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको छ । आज म्याद थप गरेर क्रमशः उनलाई काठमाडौं र चितवन लाने प्रहरीको तयारी रहेको बुझिएको छ ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी भएका पूर्वप्रहरी नायव महानिरीक्षक छविलाल जोशीलाई काठमाडौं लगेर बयान लिइसकिएको छ ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register