धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि अधिकारी र कार्कीको अन्तर्वार्ता सकियो, ‘आहा भन्ने योजना आएन’

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका दुई उम्मेदवारको अन्तर्वार्ता सकिएको छ । आज (आइतबार) बिहान अर्थ मन्त्रालयमा कृष्ण कार्की र डा. नवराज अधिकारीको अन्तर्वार्ता सकिएको हो । कार्की नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत हुन् भने अधिकारी बोर्डकै कार्यकारी निर्देशक हुन् । अर्थ मन्त्रालयले अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि आज तीन जनालाई बोलाएको भए पनि […]

Nov 24, 2024 - 06:35
 0
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि अधिकारी र कार्कीको अन्तर्वार्ता सकियो, ‘आहा भन्ने योजना आएन’

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका दुई उम्मेदवारको अन्तर्वार्ता सकिएको छ । आज (आइतबार) बिहान अर्थ मन्त्रालयमा कृष्ण कार्की र डा. नवराज अधिकारीको अन्तर्वार्ता सकिएको हो ।

कार्की नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत हुन् भने अधिकारी बोर्डकै कार्यकारी निर्देशक हुन् ।

अर्थ मन्त्रालयले अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि आज तीन जनालाई बोलाएको भए पनि चिरञ्जीवी चापागाइँ भने अनुपस्थित भएका थिए । उनी तत्कालीन बीमा समितिका अध्यक्ष हुन् ।

यता अन्तर्वार्तामा सहभागि भएका कृष्ण कार्की र डा. नवराज अधिकारी दुवैको अन्तर्वार्ता सकिएपछि दुवैको योजना ‘आहा भन्ने खालको आएन’ भन्ने चर्चा अर्थ मन्त्रालयमा चलिरहेको छ । यसले यसअघि नै अन्तर्वार्ता तथा प्रस्तुतीकरण दिइसकेका सन्तोष नारायण श्रेष्ठको पक्षमा माहोल बनेको स्वयम् अर्थ मन्त्रालयकै अधिकारीहरुले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register