आरजुका व्यापारिक साझेदार उमेश श्रेष्ठ बने कांग्रेसको कोषाध्यक्ष, देउवाले गरे मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उमेश श्रेष्ठलाई पार्टीको केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा मनोनयन गरेका छन् । कांग्रेसको विधान, २०७९ (संशोधित) अनुसार धारा २१ को उपधारा (५) बमोजिम कोषाध्यक्ष पदमा श्रेष्ठलाई मनोनयन गरिएको हो । कांग्रेस मुख्यालय सानेपाबाट आइतबार सोमबार जारी प्रेस विज्ञप्तिमा प्रमुख सचिव कृष्णप्रसाद पौडेलले श्रेष्ठलाई कोषाध्यक्ष नियुक्त गरिएको जनाएका छन् । २०८० […]

Nov 24, 2024 - 09:05
 0
आरजुका व्यापारिक साझेदार उमेश श्रेष्ठ बने कांग्रेसको कोषाध्यक्ष, देउवाले गरे मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उमेश श्रेष्ठलाई पार्टीको केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा मनोनयन गरेका छन् ।

कांग्रेसको विधान, २०७९ (संशोधित) अनुसार धारा २१ को उपधारा (५) बमोजिम कोषाध्यक्ष पदमा श्रेष्ठलाई मनोनयन गरिएको हो ।

कांग्रेस मुख्यालय सानेपाबाट आइतबार सोमबार जारी प्रेस विज्ञप्तिमा प्रमुख सचिव कृष्णप्रसाद पौडेलले श्रेष्ठलाई कोषाध्यक्ष नियुक्त गरिएको जनाएका छन् ।

२०८० को प्रतिनिधिसभा उपचुनावमा चितवनबाट चुनाव उठेका श्रेष्ठले रवि लामिछानेसँग चुनाव हारेका थिए । उनी समानुपातिक सांसद भने पहिल्यै भइसकेका थिए ।

श्रेष्ठ, कांग्रेस सभापति देउवाकी पत्नी आरजु राणाको व्यावसायिक सझोदर समेत हुन् । केही होटेललगायतका क्षेत्रमा उनीहरूको लगानी रहेको बताइन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register