क्रोम एक्सटेन्सन नियन्त्रणमा लिएर साइबर आक्रमण गर्दै ह्याकर
काठमाडौं । पछिल्ला केही दिनदेखि विश्वभर साइबर आक्रमणको घटना तीव्र रूपमा बढिरहेको छ । विशेषगरी ह्याकरले आक्रमणका लागि केही कम्पनीका क्रोम एक्सटेन्सन नियन्त्रणमा लिई आक्रमण सुरु गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार मध्य डिसेम्बरदेखि ह्याकरले विभिन्न कम्पनीका एक्सटेन्सन नियन्त्रणमा लिएर आक्रमण थालेका हुन् । क्यालिफोर्नियामा आधारित डेटा सुरक्षा कम्पनी साइबर हेभन पनि ह्याकरको आक्रमणको सिकार बन्न पुगेको छ । कम्पनीले शुक्रबार रोयटर्ससँगको एक विज्ञप्ति शेयर गर्दै उक्त घटना पुष्टि गरेको हो । &ldquo...

What's Your Reaction?






