अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपाललाई पहिलो स्वर्ण

काठमाडौं । अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्ण पदक जितेको छ । भारतको महाराष्ट्रमा जारी प्रतियोगितामा उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको हो । १० वर्ष उमेर समूहका नेपालका खेलाडी सिद्वार्थ रानाले स्वर्ण पदक जितेका हुन् । भारतीय राष्ट्रिय कराते सङ्घको आयोजनामा भएको प्रतियोगितामा बङ्गलादेश, श्रीलङ्कालगायत भारतका विभिन्न क्षेत्रबाट एक सयभन्दा बढी […]

Dec 29, 2024 - 06:39
 0
अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपाललाई पहिलो स्वर्ण

काठमाडौं । अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्ण पदक जितेको छ ।

भारतको महाराष्ट्रमा जारी प्रतियोगितामा उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको हो ।

१० वर्ष उमेर समूहका नेपालका खेलाडी सिद्वार्थ रानाले स्वर्ण पदक जितेका हुन् । भारतीय राष्ट्रिय कराते सङ्घको आयोजनामा भएको प्रतियोगितामा बङ्गलादेश, श्रीलङ्कालगायत भारतका विभिन्न क्षेत्रबाट एक सयभन्दा बढी खेलाडी सहभागी छन् ।

प्रतियोगितामा आज र भोलि विभिन्न उमेर र तौल समूहका फाइनल खेल हुनेछन् । प्रतियोगितामा नेपालका तर्फबाट महिला तथा पुरूष गरी १८ जना खेलाडी सहभागी छन् ।

रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register