मानुङकोटमा बढ्यो बादलमाथिको कुहिरो र सूर्योदय हेर्नेको भीड (तस्विरहरु)

काठमाडौँ । तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकनका लागि निकै भिड लाग्न थालेको छ । जाडो मौसम लागेसँगै मानुङकोटमा एकाबिहानै भीड बढ्न थालेको हो । प्राकृतिक सौन्दर्य दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकले अहिले यो ठाउँ भरिभराउ देखिन्छ ।  डाँडामा पुगेपछि तलसम्म हेर्न मिल्ने भ्युटावर पनि बनिसकेको छ । मौसम खुलेसँगै उक्त ठाउँदेखि धौलागिरी, मनास्लु, […]

Dec 29, 2024 - 03:21
 0
मानुङकोटमा बढ्यो बादलमाथिको कुहिरो र सूर्योदय हेर्नेको भीड (तस्विरहरु)

काठमाडौँ । तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकनका लागि निकै भिड लाग्न थालेको छ । जाडो मौसम लागेसँगै मानुङकोटमा एकाबिहानै भीड बढ्न थालेको हो । प्राकृतिक सौन्दर्य दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकले अहिले यो ठाउँ भरिभराउ देखिन्छ । 

डाँडामा पुगेपछि तलसम्म हेर्न मिल्ने भ्युटावर पनि बनिसकेको छ । मौसम खुलेसँगै उक्त ठाउँदेखि धौलागिरी, मनास्लु, लमजुङ, अन्नपूर्ण, माछापुछ्रेजस्ता थुप्रै हिमश्रृङ्खला देखिन्छन् । दमौली बजार, मादी नदी, रिसिंग, साङ्गे खोला र दक्षिणमा सेती नदी क्षेत्र, गुणादी पनि मानुङकोटदेखि देख्न सकिन्छ । 

पौराणिक किम्बदन्ती अनुसार महर्षि वेद व्यासकी माता माछेगन्दसँग प्रेममा थिए महर्षि परासर । उनीसँगको प्रेमलीला अरुले नदेखुन् भन्ने हेतुले महर्षि परासरले कुहिरोको उत्पत्ति गरेको कथन छ भने मानुङकोट डाँडाबाटै कुहिरोको उत्पत्ति भएको हो पनि भन्ने गरिन्छ ।

काठमाडौँदेखि १६० किलोमिटर र पोखरादेखि ५५ किलो मिटर दूरीमा पर्ने मानुङकोट पुग्न तनहुँ जिल्लाको सदरमुकाम दमौलीदेखि मानुङकोट १० किलोमिटर लामो बाटो छिचोल्नुपर्छ । गन्तव्यसम्म स्कुटर, बाइक, गाडीमा सजिलै पुग्न सकिन्छ । पैदल यात्रीले भने दमौलीदेखि करिव १ घण्टा हिँड्नुपर्छ । विशेष गरी शुक्रबार र शनिबार बढी भीड हुने मानुङकोटमा शनिबार मात्र ५ हजारभन्दा बढी पर्यटक पुग्ने  गरेको होटेल संचालकहरुले बताएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register