मेचीनगरबाट लागुऔषधसहित अजय राजवंशी पक्राउ

झापा, १४ पुस । झापाको मेचीनगर नगरपालिका–९ स्थित गौरीगाउँबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ मेचीनगर नगरपालिका–९ स्थित गैरीगाँउमा लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डवलाल राजवंशीको कमाण्डमा खटिएको प्रहरी टोलीले सोही स्थानका सालु भन्ने २८ वर्षीय अजय राजवंशीलाई पक्राउ गरेको हो । कोठामै [...] The post मेचीनगरबाट लागुऔषधसहित अजय राजवंशी पक्राउ appeared first on Jhapa Online.

Dec 29, 2024 - 03:34
 0
मेचीनगरबाट लागुऔषधसहित अजय राजवंशी पक्राउ

झापा, १४ पुस । झापाको मेचीनगर नगरपालिका–९ स्थित गौरीगाउँबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार साँझ मेचीनगर नगरपालिका–९ स्थित गैरीगाँउमा लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डवलाल राजवंशीको कमाण्डमा खटिएको प्रहरी टोलीले सोही स्थानका सालु भन्ने २८ वर्षीय अजय राजवंशीलाई पक्राउ गरेको हो ।

कोठामै फेला पारेका उनलाई शंका लागेर शरीर चेकजाँच गरी कोठा समेत खानतलासी लिँदा उनको सुत्ने कोठाबाट विभिन्न कम्पनीको मोबाइल ५ थान, विभिन्न दरका नेपाली नगद ५० हजार १५०, साइकल थान १ र साइकलको हेण्डलको प्वाल भित्र लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो रङको लिसाइलो पदार्थ प्लाष्टिकसहित ५ ग्राम ३६० मिलिग्राम प्लाष्टिक बाहेक ५ ग्राम ९० मिलिग्राम लागु औषध बरामद गरी लागुऔषधसहित राजवंशीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारी ल्याई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post मेचीनगरबाट लागुऔषधसहित अजय राजवंशी पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register