सयौँ चौँरी तथा याकहरूको मृत्यु, रोगको अझै पहिचान भएको छैन  

मुगु। मुगुको मुगुम कार्मारोङ गाउँपालिका– २ मुगु गाउँमा सयौँ चौँरी तथा याकहरू मरेका छन्। मुगु गाउँका स्थानीय छोर्तेन लामाका अनुसार मंगलबारसम्म कम्तीमा ५०–६० वटा चौँरी र याक मरेका छन्। सुरुमा पशुले मुखबाट र्‍याल निकाल्ने, हरियो रंगको पातलो दिसा गर्ने, दिसामा हल्का रगत देखिने र यी लक्षण देखिएको २४ घण्टाभित्र सो पशुको मृत्यु भइरहेको लामाले बताए। […]

Dec 26, 2024 - 06:46
 0
 सयौँ चौँरी तथा याकहरूको मृत्यु, रोगको अझै पहिचान भएको छैन  

मुगु।

मुगुको मुगुम कार्मारोङ गाउँपालिका– २ मुगु गाउँमा सयौँ चौँरी तथा याकहरू मरेका छन्। मुगु गाउँका स्थानीय छोर्तेन लामाका अनुसार मंगलबारसम्म कम्तीमा ५०–६० वटा चौँरी र याक मरेका छन्।

सुरुमा पशुले मुखबाट र्‍याल निकाल्ने, हरियो रंगको पातलो दिसा गर्ने, दिसामा हल्का रगत देखिने र यी लक्षण देखिएको २४ घण्टाभित्र सो पशुको मृत्यु भइरहेको लामाले बताए।

 रोगले चौँरी र याक प्रभावित भएको खबर पाउनासाथ गाउँपालिकाले औषधि र  पशु स्वास्थ्यकर्मी पठाए पनि पालिकामा उपलब्ध जनशक्ति र औषधिको क्षमताले नभ्याउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताए।

स्वाब संकलन गरी परीक्षणका लागि अन्यत्र पठाउनुपर्ने उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक उपकरण र जनशक्ति गाउँपालिकामा नभएकाे बताए। गाउँपालिकाले जिल्ला भेटनरी तथा पशु अस्पताल गमगढी र प्रदेशलाई पत्र पठाउँदै सहयोग मागेको थियो।

पालिकाको पत्रपछि भेटनरी तथा पशु अस्पतालका चिकित्सकसहितको टोली र पालिकाको आग्रहमा बुद्ध मावि मांग्रीमा पशु स्वास्थ्य प्राविधिक शिक्षा अध्यापन गराउने दुईजना पशु चिकित्सक उपचारका लागि गइसकेका रावलले जानकारी दिए।

उनका अनुसार मुगु गाउँमा चिसोका कारण स्थानीयहरू बेँसीतिर अस्थायी  बसाइँ सरेकाले गाउँमा कोही नहुँदा चौँरी रहेका लेकहरूमा पुग्न स्वास्थ्यकर्मीको टोलीलाई कठिनाइ भइरहेको छ। त्यसैमा मंगलबारबाट हिमपात हुन थालेपछि झनै समस्या भएको छ।

चौँरी हिमालतिर रहेका र गाउँ नझरेकाले हिउँ पाटनहरूमा कति चौँरी र याक उक्त रोगबाट मरे भन्ने यकिन विवरण आइसकेको छैन। मंगलबारसम्म ६० भन्दा बढी मरेको खबरको आधारमा अनुमान गर्ने हो भने आजसम्म १०० भन्दा बढी चौँरी तथा याकहरू उक्त अज्ञात रोगबाट मरिसकेको हुन सक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रावलले बताए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register