माओ सम्झिँदै प्रचण्डले भने– उहाँबाट प्रेरणा लिएर नेपाली कम्युनिस्टहरू एकताबद्ध हुनु पर्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनका कम्युनिस्ट नेता माओ त्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिंँदै नेपालका कम्युनिस्ट क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । माओको जन्म दिवसका अवसरमा बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले माओबाट प्रेरणा लिँदै नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व […]

Dec 26, 2024 - 07:14
 0
माओ सम्झिँदै प्रचण्डले भने– उहाँबाट प्रेरणा लिएर नेपाली कम्युनिस्टहरू एकताबद्ध हुनु पर्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनका कम्युनिस्ट नेता माओ त्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिंँदै नेपालका कम्युनिस्ट क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।

माओको जन्म दिवसका अवसरमा बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले माओबाट प्रेरणा लिँदै नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेकोमा जोड दिएका हुन् ।

‘हामी यतिबेला नेपाली जनवादी क्रान्तिलाई आफ्नै मौलिकता र विशेषताअनुसार मूलभूतरुपमा पूरा गर्दै समाजवाद निर्माणको आधार तयार पार्न संघर्षरत छौं । विगतमा हामीले सरकारको नेतृत्वमा रहेर सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान पनि यही राजनीतिक रणनीतिलाई कार्यान्वयन गर्ने एक कार्यनैतिक कदम थियो र हाम्रो पार्टीले आज पनि यसलाई कार्यान्वयन गर्न सदन र सडकको मोर्चाबाट खबरदारी गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कमरेड माओ त्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिस्ट क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेको छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको दिशामा अगाडि बढाएको भन्दै प्रशंसा गरेका छन् ।

‘कमरेड माओले विकास गर्नुभएको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार विश्व सन्दर्भमा र नेपाली क्रान्तिको लागि पनि मार्गदर्शकको रुपमा रहँदै आएको छ,’ उनले भनेका छन् ।

चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन अर्थात सन् १८९३ डिसेम्बर २६ मा कमरेड माओको जन्म भएको थियो ।

प्रचण्डले माओकै पदलाई पछ्याउँदै नेपालमा १० वर्षसम्म जनयुद्ध गरेका थिए । उनी नेतृत्वको तत्कालीन नेकपा (माओवादी) विसं २०६३ मा शान्ति प्रक्रियामा आएको थियो ।

यस्ताे छ विज्ञप्ति :

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register