कोहलीको अशोभनीय हर्कत : अष्ट्रेलियाका डेब्यू खेलाडीलाई जानाजान धक्का, हुनसक्छ प्रतिबन्ध !

काठमाडौं । भारत र अस्ट्रेलियाबीचको ५ म्याचको बोर्डर-गावस्कर ट्रफीको चौथो खेल विवादमा फसेको छ । भारतीय पूर्वकप्तान विराट कोहलीले बक्सिङ डे टेस्ट म्याचको पहिलो दिन अस्ट्रेलियाका डेब्यू खेलाडी साम कोस्टाससँग भिडन्त गरेका छन् । अहिले यही विषयमा विवाद उत्पन्न भएको छ । अष्ट्रेलियाली क्रिकेट टिमका पूर्व कप्तान रिकी पोन्टिङले समेत यस विषयमा बोल्दै कोहलीले जानाजानी […]

Dec 26, 2024 - 07:32
 0
कोहलीको अशोभनीय हर्कत : अष्ट्रेलियाका डेब्यू खेलाडीलाई जानाजान धक्का, हुनसक्छ प्रतिबन्ध !

काठमाडौं । भारत र अस्ट्रेलियाबीचको ५ म्याचको बोर्डर-गावस्कर ट्रफीको चौथो खेल विवादमा फसेको छ ।

भारतीय पूर्वकप्तान विराट कोहलीले बक्सिङ डे टेस्ट म्याचको पहिलो दिन अस्ट्रेलियाका डेब्यू खेलाडी साम कोस्टाससँग भिडन्त गरेका छन् ।

अहिले यही विषयमा विवाद उत्पन्न भएको छ । अष्ट्रेलियाली क्रिकेट टिमका पूर्व कप्तान रिकी पोन्टिङले समेत यस विषयमा बोल्दै कोहलीले जानाजानी धक्का दिएको भन्दै आलोचना गरेका छन् ।

यस घटनामा म्याच रेफ्रीले कारबाही गरे भने कोहलीलाई कडा कारबाही हुनसक्छ ।

मेलबर्न टेस्टमा अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । डेब्यू गरेका साम कोस्टान्सले धमाकेदार ब्याटिङ गर्दै आँधीबेहरी रन बनाए । उनले ६५ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६० रनको योगदान गरे ।

जब १९ वर्षका कोस्टान्स जसब्रित बुमराहजस्ता दिग्गज खेलाडीलाई चौका प्रहार गर्दै थिए, कोहलीले उनलाई उक्साउन अस्ट्रेलियाको स्लेजिङको तरिका अपनाए ।

१०औं ओभरपछि कोहलीले आफ्नो छेउबाट हिँडिरहेका कोस्टासलाई जानाजान धक्का दिए । त्यसपछि दुबैबीच भनाभन भयो र सहकर्मी उस्मान ख्वाजा र अम्पायरले मामिलाको समाधान गरेका थिए ।

कोहली लेग साइडमा आफ्नो फिल्डिङ पोजिसनमा उभिरहेका थिए र ओभर सकिएपछि उनी आफ्नो स्थानबाट अगाडि जाँदै थिए र बल हातमा लिएर पिच नजिक आएका थिए।

त्यहाँबाट अर्को छेउबाट साम कोस्टान्स ख्वाजातर्फ अगाडि बढ्दै थिए । दुबैको काँध एकापसमा ठोक्कियो । यसपछि दुबैबीच केही भनाभन भयो । सो क्रममा कोहली धेरै नै आक्रामक देखिएका थिए ।

कोहलीको अशोभनीय हर्कतलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । उनी प्राय: जसो खेलमा यस्तै हर्कत गर्न माहिर छन् ।

के भन्छ आईसीसीको नियम ?

के विराट कोहलीमाथि प्रतिबन्ध लाग्छ ? यसका लागि आईसीसीका नियमहरू बुझ्नुपर्छ। वास्तवमा आईसीसी नियम २.१२ ले अन्तर्राष्ट्रिय क्रिकेट खेलको क्रममा खेलाडी, अम्पायर, म्याच रेफ्री वा अन्य व्यक्तिबीच अनुपयुक्त शारीरिक धक्कालाई निषेध गर्दछ ।

यो नियमले जानाजानी अर्को खेलाडी वा अम्पायरलाई काँधले हिर्काउने वा धकेल्न गतिविधिलाई निषेध गर्दछ । उल्लङ्घनको गम्भीरता सम्पर्क कति छिटो भयो र त्यहाँ कुनै चोटपटक भए नभएको आधारमा मूल्याङ्कन गरिन्छ।

यस घटनामा म्याच रेफ्री जो जिम्बाब्वेका पूर्व खेलाडी एन्डी पाइक्राफ्टले निर्णय गर्नेछन् ।

यदि यो लेभल-२ को उल्लङ्घन हो जस्तो लाग्छ भने खेलाडीले तीन वा चार डिमेरिट अङ्क प्राप्त गर्नेछन् । यस्तो अवस्थामा कोहलीले ४ डिमेरिट अङ्क पाए भने उनलाई अर्को खेलबाट प्रतिबन्ध लाग्न सक्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register