राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज बस्दै

May 21, 2023 - 04:03
 0
राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज बस्दै
राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ । राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ । ज्येष्ठ ९ र १० गते काठमाडौँमा बस्ने केन्द्रीय समितिको बैठकको तयारी सन्दर्भमा आज कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो ।

केन्द्रीय समितिमा पार्टी अध्यक्ष कमल थापाबाट प्रस्तुत हुने राजनीतिक कार्यपत्र , महामन्त्रीहरू भाष्कर भद्रा, सुशील श्रेष्ठ ,राजाराम बर्तौला र केशवराज श्रेष्ठबाट प्रस्तुत हुने सचिवालय ,प्रशिक्षण ,सङ्गठन र स्मार्ट पार्टी निर्माण सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीबाट प्रस्तुत हुने आर्थिक प्रतिवेदनमाथि आजको कार्य सम्पादन समितिमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो। कार्यसम्पादन समितिको बैठक पुतलीसडकस्थित बज्र कम्प्लेक्समा आज दिउँसो १ः३० बजे बस्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1