नेतन्याहूका सहयोगी लेइटर अमेरिकाका लागि इजरायली राजदूत नियुक्त

एजेन्सी । इजरायली सरकारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका सहयोगी येचिएल लेइटरलाई संयुक्त राज्य अमेरिकाका लागि इजरायली राजदूतमा मनोनीत गरेको छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी प्रशासनमा इजरायलका लागि अमेरिकी राजदूतका लागि कट्टर राष्ट्रवादी नेता माइक हकाबीलाई नियुक्त गरेपछि यो घोषणा गरिएको हो । “सरकारले संयुक्त राज्य अमेरिकाका लागि राजदूतमा येचिएल लेइटरको नियुक्तिलाई सर्वसम्मतिले […]

Nov 24, 2024 - 16:23
 0
नेतन्याहूका सहयोगी लेइटर अमेरिकाका लागि इजरायली राजदूत नियुक्त

एजेन्सी । इजरायली सरकारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका सहयोगी येचिएल लेइटरलाई संयुक्त राज्य अमेरिकाका लागि इजरायली राजदूतमा मनोनीत गरेको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी प्रशासनमा इजरायलका लागि अमेरिकी राजदूतका लागि कट्टर राष्ट्रवादी नेता माइक हकाबीलाई नियुक्त गरेपछि यो घोषणा गरिएको हो ।

“सरकारले संयुक्त राज्य अमेरिकाका लागि राजदूतमा येचिएल लेइटरको नियुक्तिलाई सर्वसम्मतिले अनुमोदन गरेको छ,” विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नेतन्याहूका पूर्व सल्लाहकार ६५ वर्षीय लेइटर अमेरिकी मुलका इजरायली हुन् र हाल कब्जा गरिएको वेस्ट बैङ्कका बासिन्दा हुन् ।

अमेरिकी रिपब्लिकन पार्टीनिकट लेइटर सन् १९९० को दशकमा वेस्ट बैंकमा इजरायली बसोवास गर्नेहरूको प्रतिनिधित्व गर्ने छाता समूह येशा काउन्सिलका नेतामध्ये एक थिए ।

उनी नेतन्याहूको लिकुड पार्टीका सदस्य पनि हुन् र हाल इजरायली थिंक ट्यांकको रणनीतिक सल्लाहकारको रूपमा काम गर्छन् ।

इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको आक्रमणपछि इजरायलले गाजापट्टी आक्रमण सशक्त बनाएपछि भएको झडपका क्रममा लेइटरका छोरा मोशेको सन् २०२३ को नोभेम्बरमा गाजा पट्टीमा मृत्यु भएको थियो । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register