शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिको पहिचान : पाँच वडाका ६६२ जनाले लिए सेवा

शिवसताक्षी, १२ पुस । झापाको शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरणको काम नगरका ५ वडाको सम्पन्न भएको छ । गएको पौष ७ गतेबाट सुरु भएको परिचय पत्र वितरण शिविर वडा नं. १ देखि ५ वडा सम्ममा ६६२ जना अपाङ्गता भएका व्यक्तिहरुले स्वास्थ्य परीक्षण गराएका छन् । जसमा १७५ जनालाई नयाँ कार्ड वितरण [...] The post शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिको पहिचान : पाँच वडाका ६६२ जनाले लिए सेवा appeared first on Jhapa Online.

Dec 27, 2024 - 14:49
 0
शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिको पहिचान : पाँच वडाका ६६२ जनाले लिए सेवा

शिवसताक्षी, १२ पुस । झापाको शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरणको काम नगरका ५ वडाको सम्पन्न भएको छ । गएको पौष ७ गतेबाट सुरु भएको परिचय पत्र वितरण शिविर वडा नं. १ देखि ५ वडा सम्ममा ६६२ जना अपाङ्गता भएका व्यक्तिहरुले स्वास्थ्य परीक्षण गराएका छन् ।

जसमा १७५ जनालाई नयाँ कार्ड वितरण गरिएको छ । जसमा ६ जनालाई रातो र ५२ जनालाई निलो, ७६ जनालाई पहेंलो र ४३ जनाई सेतो कार्ड वितरण गरिएको शिवसताक्षी नगरपालिकाका सहकारी शाखा प्रमुख तथा परिचय पत्र वितरणका संयोजक बद्री दाहालले जानकारी दिए । अपाङ्गता परिचय पत्र वितरणमा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयबाट अनुगमन गरिएको नगर उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् ।

परिचय पत्र वितरणमा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सहयोग सचिव दुर्गा बरालको टोलीले अनुगमन गरेको हो । कार्यक्रममा नगरका उल्लेख्य संख्यामा अपाङ्गता भएको व्यक्तिहरुको सहभागिता रहेको उपप्रमुख कार्कीले जानकरी दिइन् ।

जन्मजात तथा जन्मजात पश्चात हुने अपाङ्गगताका रोकथाम तथा न्युनिकरणका लागि गएको आषाढ १२ गते कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, शिवसताक्षी नगरपालिकामा र करुणा फाउण्डेसन बीच त्रिपक्षीय सम्झौता भएको थियो ।

शिविरमा आँखा, कान, मनोविद, फिजियो थेरापी, मेडिकल पर्सन लगायतका ६ जना डाक्टरहरुको टोलीले सेवा दिएको करुणा फाउण्डेसनका सुरेन्द्र गिरीले जानकारी दिए । शिविरमा शिवसताक्षी नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मीहरु समेत खटिएका छन् । परिचय पत्र वितरण शिविर पौष १७ गतेसम्म सञ्चालन हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

कोशी प्रदेश सरकार शिवसताक्षी नगरपालिका र करुणा फाउन्डेसनको संयुक्त लगानीमा तीन वर्षसम्म कार्यक्रम सञ्चालन भएको हो। त्रिपक्षीय सम्झौता अनुसार अपाङ्गगता भएका व्यक्तिहरुको पहिचान र न्युनिकरण सम्बन्धी कार्यक्रमहरु ०८४ असार मसान्तसम्म चल्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

The post शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिको पहिचान : पाँच वडाका ६६२ जनाले लिए सेवा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register