मारुनी भाकाको ‘नजाउ मलाई एक्लै छाडी’ लिएर आए निरोज
झापा, १२ पुस । पूर्वी नेपालको झापाली साङ्गेतिक भूमिमा रहेर सन्चार क्षेत्रमा आबद्ध भई गायन क्षेत्रमा पनि पाइला अगाडी वढाउदै आएका गायक तथा सङ्गीतकार निरज पोखरेलले नया गीति कोशेली “नजाउ मलाइ एक्लै छोडी ..।” बोलको मारुनी भाका लिएर आएका छन् । पछिल्लो समय साहित्य क्षेत्रमा सक्रिय रहनु हुने दर्जनौ गीतका स्रस्टा भद्रपुर निवासी कवि गीतकार [...] The post मारुनी भाकाको ‘नजाउ मलाई एक्लै छाडी’ लिएर आए निरोज appeared first on Jhapa Online.

झापा, १२ पुस । पूर्वी नेपालको झापाली साङ्गेतिक भूमिमा रहेर सन्चार क्षेत्रमा आबद्ध भई गायन क्षेत्रमा पनि पाइला अगाडी वढाउदै आएका गायक तथा सङ्गीतकार निरज पोखरेलले नया गीति कोशेली “नजाउ मलाइ एक्लै छोडी ..।” बोलको मारुनी भाका लिएर आएका छन् ।
पछिल्लो समय साहित्य क्षेत्रमा सक्रिय रहनु हुने दर्जनौ गीतका स्रस्टा भद्रपुर निवासी कवि गीतकार सत्यनारायण तायल ज्यु को शब्दमा युवा गायक तथा सङ्गीतकार निरज पोखरेल स्वयमले गीतमा संगित दिएका छन भने सो गीतमा गायिका मेलिना राईले साथ दिएकी छिन । काठमाडौँ स्थित ए लेवल स्टुडियोमा रेकर्डिङ भएको गीतमा झापाली सङ्गीतकार विकास चौधरीले गीतलाई एरेन्ज गरेका छन् ।
२०६० सालमा विकास चौधरीको संगित, गिरिराज निरौलाको शब्दमा पहिलो पटक “माधि है पर्यो फुङलिङ बजार ..। ” भन्ने पुर्वेली लोक भाका जुनु रिजाल सँग युगल गीत गाएका निरजले पुन: २०७२ सालमा आफ्नै शब्द सङ्गीत, स्वरमा ” मेरो हजुरले मलाई. .।”बोलको गीत रेकडिङ गराई स्रोता, दर्सक माझ ल्याइसकेका छ्न ।
२०६० साल बाट पूर्वको पहिलो कन्चनजङ्गा एफ एम बाट प्राविधिक को रुपमा सन्चार क्षेत्रमा प्रवेश गरेका उनले करिव ४० भन्दा बढी गीतमा संगित भरेका छन, भने हाल विभिन्न विद्यालयमा पियानो र नाटकको प्रशिक्षक को रूपमा कार्यरत छ्न ।
क्षितिज नाट्य प्रतिष्ठानमा संगित विभाग प्रमुख, डाइनामिक मिडिया ग्रुप नेपालका कोषाध्यक्ष,भद्रपुर नगरपालिका अन्तर्गत भदपुर साहित्य संगित कला प्रतिष्ठानका सदस्य , बहुभाषिक साहित्य संगित कला केंन्द्रको सदस्य निरज पोखरेल जेनियस मिडियाका प्रबन्धक हुन । दर्जनौ सस्थामा आबद्ध उनको आगामी दिन उज्ज्वल रहोस ।
The post मारुनी भाकाको ‘नजाउ मलाई एक्लै छाडी’ लिएर आए निरोज appeared first on Jhapa Online.
What's Your Reaction?






