धितोपत्र बोर्डका अध्यक्षका लागि ३ जनाको नाम सिफारिस, रातारात अन्यथा नभए सन्तोषनारायण अध्यक्ष, ‘डाक्टर सापको सम्भावना सून्य !’

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । आज थप दुई जनाको अन्तर्वार्ता सकिएपछि बोर्ड अध्यक्ष सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको हो । सन्तोषनारायण श्रेष्ठ एमाले निकट पात्र हुन् भने नेपाल विद्युत् प्राधिकरणका पूर्व सञ्चालक हुन् । मुक्तिनाथ श्रेष्ठ धितोपत्र बोर्डका कार्यकारी […]

Nov 25, 2024 - 01:35
 0
धितोपत्र बोर्डका अध्यक्षका लागि ३ जनाको नाम सिफारिस, रातारात अन्यथा नभए सन्तोषनारायण अध्यक्ष, ‘डाक्टर सापको सम्भावना सून्य !’
काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । आज थप दुई जनाको अन्तर्वार्ता सकिएपछि बोर्ड अध्यक्ष सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको हो ।
सन्तोषनारायण श्रेष्ठ एमाले निकट पात्र हुन् भने नेपाल विद्युत् प्राधिकरणका पूर्व सञ्चालक हुन् । मुक्तिनाथ श्रेष्ठ धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् । डाक्टर नवराज अधिकारी पनि बोर्डकै कर्मचारी हुन् । उनी प्रचण्डका भान्जा नाता पर्ने हुनाले बोर्डमा उनको सम्भावना लगभग सून्यजस्तै रहेको अर्थमन्त्रालयका अधिकारीहरु बताउँछन् ।
भोलि नै बोर्डले नयाँ अध्यक्ष पाउनेछ ।  धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register