मेला र महोत्सवले देशको आर्थिक अबस्था उकास्न सहयोग पुग्छ : शहरी विकासमन्त्री सिंह

]i7n] cfh dWok'\/lyld gu\/kflnsfn] cfof]hgf u\/]sf] dWok'\/ dxf]T;j\u0096@)*! sf] pb3f6g sfo{qmddf dfofsf] lrgf] k|bfg ub}{ . tl:j\/ M \/d]z lu\/L, \/f;;","created_timestamp":"1735299554","copyright":"","focal_length":"19","iso":"100","shutter_speed":"0.004","title":"","orientation":"1"}" data-image-title="IMG_5837" data-image-description="" data-image-caption="eQmk’/, !@ k’; -/f;;_ M pkk|wfgdGqL Pjd zx/L ljsf; dGqL k|sfzdfg l;+xnfO{ gu/ k|d’v ;’/]Gb| >]i7n] cfh dWok’/lyld gu/kflnsfn] cfof]hgf u/]sf] dWok’/ dxf]T;j–@)*! sf] pb3f6g sfo{qmddf dfofsf] lrgf] k|bfg ub}{ . tl:j/ M /d]z lu/L, /f;; " data-medium-file="https://newsofnepal.com/wp-content/uploads/2024/12/IMG_5837-400x220.jpg" data-large-file="https://newsofnepal.com/wp-content/uploads/2024/12/IMG_5837-768x512.jpg">भक्तपुर । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मेला र महोत्सवले देशको आर्थिक अबस्था उकास्न सहयोग पुग्ने बताउनुभाएको छ । आज मध्यपुर महोत्सव–२०८१ को बालकुमारीमा उद्घाटन गर्दै उहाँले काम गर्ने इच्छा भए स्वदेशमै ठाउँ र अवसर प्रशस्त रहेको बताउनु भयो । पुर्खाले छाडेर गएका सीप, ऐतिहासिक सम्पदा, स्थानीय कला संस्कृति र उत्पादनको संरक्षण, सम्बद्र्धन […]

Dec 27, 2024 - 16:38
 0
मेला र महोत्सवले देशको आर्थिक अबस्था उकास्न सहयोग पुग्छ : शहरी विकासमन्त्री सिंह
]i7n] cfh dWok'\/lyld gu\/kflnsfn] cfof]hgf u\/]sf] dWok'\/ dxf]T;j\u0096@)*! sf] pb3f6g sfo{qmddf dfofsf] lrgf] k|bfg ub}{ . tl:j\/ M \/d]z lu\/L, \/f;;","created_timestamp":"1735299554","copyright":"","focal_length":"19","iso":"100","shutter_speed":"0.004","title":"","orientation":"1"}" data-image-title="IMG_5837" data-image-description="" data-image-caption="

eQmk’/, !@ k’; -/f;;_ M pkk|wfgdGqL Pjd zx/L ljsf; dGqL k|sfzdfg l;+xnfO{ gu/ k|d’v ;’/]Gb| >]i7n] cfh dWok’/lyld gu/kflnsfn] cfof]hgf u/]sf] dWok’/ dxf]T;j–@)*! sf] pb3f6g sfo{qmddf dfofsf] lrgf] k|bfg ub}{ . tl:j/ M /d]z lu/L, /f;; " data-medium-file="https://newsofnepal.com/wp-content/uploads/2024/12/IMG_5837-400x220.jpg" data-large-file="https://newsofnepal.com/wp-content/uploads/2024/12/IMG_5837-768x512.jpg">



भक्तपुर ।


उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मेला र महोत्सवले देशको आर्थिक अबस्था उकास्न सहयोग पुग्ने बताउनुभाएको छ ।

आज मध्यपुर महोत्सव–२०८१ को बालकुमारीमा उद्घाटन गर्दै उहाँले काम गर्ने इच्छा भए स्वदेशमै ठाउँ र अवसर प्रशस्त रहेको बताउनु भयो । पुर्खाले छाडेर गएका सीप, ऐतिहासिक सम्पदा, स्थानीय कला संस्कृति र उत्पादनको संरक्षण, सम्बद्र्धन र पर्यटकीय दृश्यकोणले बजारीकरण गर्न सके आर्थिक मेरुदण्ड बलियो हुने बताउनुभयो ।


मध्यपुरथिमिका मूर्तअमूर्त सम्पदाहरुको संरक्षण गर्ने, पर्यटक भित्रयाएर दखाउने, यस ठाउँलाई चिनाउने र नयाँ पिढीँलाई सिकाउनु पर्ने औल्याउदै उहाँले मध्यपुर महोत्सवले मध्यपुरथिमिको मात्रै नभई देशकै आर्थिक अबस्था उकास्ने बताउनुभयो ।
यो महोत्सवले सिंगो मध्यपुरवासीलाई मात्रै नभएर सिंगो देशवासीलाई एकैथलोमा ल्याएर नेपालको अर्थतन्त्रलाई लयमा फर्काउदै आर्थिक बिकास गर्न ठूलो टेवा पुग्छ भन्नुभयो ।


विश्वमा नेपाललाई चिनोउने यहाँका कला, संस्कृति र ऐतिहासिक सम्पदाका धरोहरहरुको प्रचारप्रसार गर्ने, पर्यटक भित्रयाउन निम्तो दिने, पर्यकटलाई आकर्षित गरेर यहाँको आर्थिक विकास गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा नगरपालिकाले प्रकाशन गरेको पत्रकार रत्नकृष्ण श्रेष्ठको फोटो पुस्तक हाम्रो मध्यपुरथिमिको उहाँले बिमोचन गर्नुभयो ।


कार्यक्रममा संघीय सांसदद्धय दूर्लभ थापा, सन्तोष परियार, वागमति प्रदेश सदस्य राजेन्द्रमान श्रेष्ठ, नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले मध्यपुर महोत्सव सबैको महोत्सव भएकाले यसलाई सफल पार्न सबैको उत्तकै सहयोग आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा सभापति एवं नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरको सम्पदाको संरक्षण, पर्यटन र आर्थिक विकासमा टेवा पुग्ने गरि नगरपालिकाले आयोजना गरेको महात्सवमा ५०० भन्दा बढी स्टलहरु रहेको बताउनुभयो ।


महोत्सवबारे जानकारी दिदै नगरपालिकाका विभागीय प्रमुख एवं सूचना अधिकारी केशव सिलवालले २६ वर्षपछि मध्यपुरथिमि नगरपालिकाले तीनदिने ‘मध्यपुर महोत्सव–२०८१’ को आयोजना गरेको बताउनभयो । २६ वर्ष अगाडिको प्रथम मध्यपुर महोत्सव तत्कालिन युवराजधिराज दिपेन्द्रबीर बिक्रम शाहले उद्घाटन गर्नु भएको र आजबाट पुस १४ गतसम्म महोत्सव चल्ने मध्यपुर महोत्सव दोश्रो महोत्सवको रुपमा रहेको सिलवालले बताउनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register