एकीकृत समाजवादी प्रवेश गर्दै वामदेव गौतम, नेपाल र खनालपछि तेस्रो वरीयता पाउने सहमति

वामदेवको अभियानका नेताहरू केन्द्रीय सदस्यको रुपमा आउन चाहेका छन् । तर,  उनिहरूको व्यवस्थापनबारे भन्ने के गर्ने भन्ने विषयमा सहमति भई नसकेको नेताहरू बताउँछन् ।

Dec 28, 2024 - 01:18
 0
एकीकृत समाजवादी प्रवेश गर्दै वामदेव गौतम, नेपाल र खनालपछि तेस्रो वरीयता पाउने सहमति

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम नेकपा एकीकृत समाजवादी (नेकपा एस) प्रवेश गर्ने पक्कापक्की भएको छ ।

अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालपछि बामदेव तेस्रो वरीयतामा रहने सहमतिमा नेकपा एकीकृत समाजवादी प्रवेश गर्न लागेको बताइएको छ ।

गौतमपछि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे चौथो वरियतामा हुनेछन् । उनी अहिले तेस्रो बरीयतामा छन् ।

एमाले माओवादी मिलेर बनेको नेकपा फुटेपछि बामदेव कतै पनि थिएनन् । नेकपामा हुँदा निर्णायक भूमिकामा रहेका उनी ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैतिर समानान्तर निकटकता बनाएका थिए ।

तैपनि नेकपा विभाजनपछि एमाले माओवादी अलग अलग भएपछि बामदेवले ’नेकपा एकता राष्ट्रिय अभियान’ गठन गरेका थिए । ०७८ भदौ १८ गते गौतमले एमाले छाडेर छुट्टै सङ्गठन बनाएका थिए ।

तत्कालीन नेकपा सरकार (केपी शर्मा ओली मन्त्रिपरिषद्) को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई २०७७ असोजमा राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् ।

वामदेवले एमाले छाडेपछि गठन गरेको नेकपा एकता राष्ट्रिय अभियान नेकपा एकीकृत समाजवादीमा समाहित हुने नेकपा एकीकृत सामवादीका उपाध्यक्ष वेदुराम भुसाल बताउँछन् ।

उनी भन्छन्, ‘उहाँ आउने विषयमा लगभग सबै मिलिसकेको छ । पार्टीको नाम एकीकृत समाजवादी र महाधिवेशनले पारित गरेको विचार र सिद्धान्तमा उहाँ सहमत भइसक्नुभएको छ ।’

वामदेवको अभियानका नेताहरू केन्द्रीय सदस्यको रुपमा आउन चाहेका छन् । तर,  उनिहरूको व्यवस्थापनबारे भन्ने के गर्ने भन्ने विषयमा सहमति भई नसकेको नेताहरू बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register