कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन् । सरकारी वकिलको कार्यालय, काठमाडौंले सोमबार मुद्दा नचलाउने निर्णय गरेलगत्तै उनी रिहा भएका हुन् । सरकारी वकिलको कार्यालयले पर्याप्त आधार, प्रमाण नदेखिएको भन्दै उनलाई मुद्दा नलगाउने निर्णय गरेको छ  । सो प्रकरणमा अन्य ११ जनाविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता […]

Nov 25, 2024 - 14:05
 0
कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन् । सरकारी वकिलको कार्यालय, काठमाडौंले सोमबार मुद्दा नचलाउने निर्णय गरेलगत्तै उनी रिहा भएका हुन् ।

सरकारी वकिलको कार्यालयले पर्याप्त आधार, प्रमाण नदेखिएको भन्दै उनलाई मुद्दा नलगाउने निर्णय गरेको छ  ।

सो प्रकरणमा अन्य ११ जनाविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

सरकारी वकिल कार्यालय काठमाडौंले जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र गोपाल भन्ने योगराज गौतमविरूद्ध मुद्दा दर्ता गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register