हजुरबुवा/हजुरआमाको साथ बच्चाका लागि किन छ महत्त्वपूर्ण ?

काठमाडौं । हजुरबुवा/हजुरआमा र नाति/नातिना एक अर्काका सबैभन्दा राम्रो साथी हुन् । बच्चाहरू आफ्ना हजुरबुवा/हजुरआमालाई आफ्ना विशेष साथी मान्छन् । बच्चाहरू धेरै खेल्ने र रमाइलो गर्ने गर्छन् । उनीहरूबाट धेरै कुरा सिक्न सक्छन्, जस्तै- राम्रो व्यवहार र जीवनका मूल्यहरू । अहिलेको समयमा परिवारको आकार सानो हुने गर्दछ, घरमा केवल आमाबुवा र एक–दुई जना बच्चा मात्र […]

Nov 26, 2024 - 03:23
 0
हजुरबुवा/हजुरआमाको साथ बच्चाका लागि किन छ महत्त्वपूर्ण ?

काठमाडौं । हजुरबुवा/हजुरआमा र नाति/नातिना एक अर्काका सबैभन्दा राम्रो साथी हुन् । बच्चाहरू आफ्ना हजुरबुवा/हजुरआमालाई आफ्ना विशेष साथी मान्छन् । बच्चाहरू धेरै खेल्ने र रमाइलो गर्ने गर्छन् । उनीहरूबाट धेरै कुरा सिक्न सक्छन्, जस्तै- राम्रो व्यवहार र जीवनका मूल्यहरू ।

अहिलेको समयमा परिवारको आकार सानो हुने गर्दछ, घरमा केवल आमाबुवा र एक–दुई जना बच्चा मात्र हुन्छन् । यो समयमा उनीहरूलाई हजुरबुवा/हजुरआमाको साथ अझ बढी आवश्यक हुन्छ । उनीहरूको साथ हुँदा बच्चाको मन खुसी रहन्छ । आज हामी हजुरबुवा/हजुरआमाको परिवार र बच्चाका लागि किन आवश्यक छ, त्यसबारे चर्चा गर्दैछौँ ।

जीवनका अनुभव

हजुरबुवा/हजुरआमाले बच्चालाई जीवनका थुप्रै कथा, जीवन भाेगाइ र सिकाइ सुनाउँछन् । यी कथा उनीहरूका आफ्नै अनुभवले भरिएका हुन्छन् । जब बच्चाहरू याे सुन्छन्, उनीहरूले नयाँ कुरा सिक्ने मौका पाउँछन् । अनि राम्रो व्यक्ति बन्ने दिशामा अगाडि बढ्न सक्छन् । यसले तिनीहरूको विकासमा मद्दत पुर्‍याउँछ ।

कठिनाइको समाधान

जब समस्या आउँछ, हजुरबुवा/हजुरआमा सधैँ बालबालिकाको मद्दत गर्छन् । उनीहरूले प्रत्येक समस्याको समाधान निकाल्छन् । कसरी कठिनाइको सामना गर्न र त्यसको समाधान गर्न सकिन्छ भनेर यसबाट बालबालिकाले सिक्छन् । यसले उनीहरूलाई जीवन जिउन सबल बनाउँछ ।

संस्कृति र परम्परा

बच्चाहरू हजुरबुवा/हजुरआमाबाट पूजा, इज्जत र माया गर्न सिक्छन् । उनीहरूले सम्बन्धको महत्त्व र त्यसलाई कसरी निभाउने भन्ने कुरा पनि बुझ्छन् । यसले उनीहरूलाई संस्कृतिसँग जोड्छ ।

रोल मोडेल

हजुरबुवा/हजुरआमा बच्चाका नायक हुन्छन् । उनीहरूबाट बच्चाले धैर्य, राम्रो व्यवहार र जीवनका सही मूल्य सिक्छन् । यी सिकाइले उनीलाई राम्रो मानिस बनाउन मद्दत पुर्‍याउँछ।

संयम

आमाबुवा प्रायः बच्चाका सबै चाहनाहरू तुरुन्तै पूरा गर्छन् । तर, हजुरबुवा/हजुरआमा उनीहरूलाई धैर्य सिकाउँछन् । हरेक चिजका लागि पर्खिनु किन महत्त्वपूर्ण छ भन्ने उनीहरूले सिकाउँछन् । जसले बच्चालाई संयमित बनाउन मद्दत पुर्‍याउँछ ।

नैतिक शिक्षा

हजुरबुवा/हजुरआमा बच्चालाई कथा सुनाएर के ठीक र के गलत छ भन्ने बताउँछन् । यी कथाले उनीहरूलाई राम्रो र नराम्रोबीचको भिन्नता बुझाउँछ । जसले उनीहरूलाई सही निर्णय लिन र राम्रो व्यवहार गर्न मद्दत पुर्‍याउँछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register