के हो रोबोटिक शल्यक्रिया ? जानौँ फाइदा

काठमाडौं । केही वर्षअघि सर्जनले ठूलो चिरा बनाएर गरिने शल्यक्रियालाई राम्रो मानिन्थ्यो । तर, प्रविधिको विकाससँगै अब सानो चिरा बनाएर गरिने शल्यक्रिया बढी प्रभावकारी मानिन थालिएको छ । यो परिवर्तनको मुख्य कारण रोबोटिक शल्यक्रिया हो । नेपालमा रोबोटिक शल्यक्रियाको लागत लगभग १० करोड रुपैयाँ पर्दछ । काठमाडौं मेडिकल कलेज (केएमसी) नेपालमा पहिलो पटक रोबोटिक शल्यक्रिया […]

Nov 26, 2024 - 08:47
 0
के हो रोबोटिक शल्यक्रिया ? जानौँ फाइदा

काठमाडौं । केही वर्षअघि सर्जनले ठूलो चिरा बनाएर गरिने शल्यक्रियालाई राम्रो मानिन्थ्यो । तर, प्रविधिको विकाससँगै अब सानो चिरा बनाएर गरिने शल्यक्रिया बढी प्रभावकारी मानिन थालिएको छ । यो परिवर्तनको मुख्य कारण रोबोटिक शल्यक्रिया हो । नेपालमा रोबोटिक शल्यक्रियाको लागत लगभग १० करोड रुपैयाँ पर्दछ ।

काठमाडौं मेडिकल कलेज (केएमसी) नेपालमा पहिलो पटक रोबोटिक शल्यक्रिया सेवा प्रस्ताव गर्ने अस्पताल बनेको थियो । रोबोटिक शल्यक्रिया सामान्यतया ल्यापारोस्कोपिक शल्यक्रियाभन्दा महँगो हुन्छ । आज हामी रोबोटिक शल्यक्रियाको बारेमा विस्तारमा जान्नेछौँ-

रोबोटिक शल्यक्रिया के हो ?

यो एक विशेष प्रकारको शल्यक्रिया हो, जहाँ सर्जनले कम्प्युटरमार्फत रोबोटिक हातलाई नियन्त्रण गर्छन् । यस प्रक्रियामा रोबोट स्वतन्त्ररूपमा काम नगरी सर्जनको नियन्त्रणमा रहन्छ । क्यामेराको माध्यमबाट सर्जनले बिरामीको आन्तरिक अङ्ग हेर्न र शल्यक्रिया गर्न सक्छन् ।

फाइदा

यो सर्जरी यसकारण लोकप्रिय हुँदैछ कि यो डाक्टर र बिरामीका लागि पनि धेरै उपयोगी र फाइदाजनक छ । यो शल्यक्रिया गर्दा रगत बग्ने मात्रा कम हुने गर्छ । घाउ सानो हुन्छ र छिट्टै निको हुन्छ । यसका साथै कम दुखाइ र संक्रमणको जोखिम पनि कम हुने गर्छ । यसमा बिरामी अस्पतालमा बस्नुपर्ने समयसमेत कम हुन्छ ।

हरेक सर्जनले रोबोटिक सर्जरी गर्न सक्दैनन् । यसको लागि विशेष प्रशिक्षणको आवश्यकता पर्दछ । चिकित्सा अध्ययन गरेको कुनै पनि व्यक्तिले यो प्रशिक्षण लिन सक्दैनन् । यो प्रशिक्षण मात्र सर्जन्सलाई दिइन्छ । अर्थात्, केवल त्यो व्यक्ति जसलाई पहिलेदेखि नै खुला शल्यक्रियामा विशेषज्ञता हासिल छ ।

बेफाइदा

रोबोटिक शल्यक्रिया परम्परागत शल्यक्रिया भन्दा महँगो हुन्छ । रोबोटले स्नायु कम्प्रेस गर्नसक्छ वा शरीरको चरम स्थितिको कारण पक्षघातसमेत हुनसक्छ।

रोबोटिक उपकरणमा विद्युतीय प्रवाहले गल्तिले वरपरका तन्तुहरू जलाउन सक्छ । रोबोट शल्यक्रिया प्रयोग गर्ने निर्णय बिरामीको प्राथमिकता, प्रक्रियाको जटिलता र बिरामीको किफायती क्षमतामा आधारित हुन्छ ।

खर्च र सफलता दर

रोबोटिक शल्यक्रियाको कुल सफलतादर ९४ प्रतिशतभन्दा बढी छ । यद्यपि, यो कस्तो प्रकारको शल्यक्रिया गरिएको छ भन्ने कुरामा निर्भर गर्दछ । यसबाहेक यो बिरामीको वर्तमान स्वास्थ्य अवस्थामा पनि निर्भर गर्दछ ।

रोबोटिक शल्यक्रिया पूर्णरूपमा प्रविधिमा निर्भर हुन्छ । यस अवस्थामा यसमा प्रविधिगत समस्या आउने सम्भावना पनि हुनसक्छ । यसकारण शल्यक्रियामा ढिलाइ हुनसक्छ वा शल्यक्रिया असफल पनि हुनसक्छ ।

यो प्रविधिले छोटो समयमै चिकित्सा क्षेत्रमा विश्वास जितेको छ र विज्ञहरूका अनुसार अबको भविष्य रोबोटिक सर्जरीको हुने देखिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register