इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति, सम्झौता उल्लङ्घन गरे आक्रमण गर्ने नेतन्याहुको चेतावनी

काठमाडौं । इजरायल र लेबनानकाे सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविरामको सहमति भएको छ । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण सुरु गरेपछि दुई देशबीच युद्ध जारी थियो । तर मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको छ । यससँगै १४ महिना लामो लडाइँपछि युद्धविराम सम्झौतामा सहमति भएको हो । युद्धविराम स्थानीय समयअनुसार बुधबार बिहान […]

Nov 27, 2024 - 02:23
 0
इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति, सम्झौता उल्लङ्घन गरे आक्रमण गर्ने नेतन्याहुको चेतावनी

काठमाडौं । इजरायल र लेबनानकाे सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविरामको सहमति भएको छ । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण सुरु गरेपछि दुई देशबीच युद्ध जारी थियो ।

तर मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको छ । यससँगै १४ महिना लामो लडाइँपछि युद्धविराम सम्झौतामा सहमति भएको हो ।

युद्धविराम स्थानीय समयअनुसार बुधबार बिहान ४ बजे लागू हुनेछ ।

यससँगै युद्धविराम तत्कालै कार्यान्वयनमा आउने विश्वास लिइएको छ ।

इजरायलले सन् २०२३ अक्टोबर ७ मा हमासले आक्रमण गरेपछि गाजासँगै लेबनानमा पनि तनाब उत्पन्न भएको थियो ।

तथापि, यो सम्झौताले गाजा युद्धको समस्यालाई समाधान भने गरेको छैन । जहाँ हामासले अझै पनि दर्जनौंलाई बन्धक बनाएर राखेको छ । यसले गर्दा युद्ध जटिल बनेको छ ।

यसैबीच सम्झौता लागू हुनुभन्दा केही घण्टाअघि इजरायलले बेरुत र यसको दक्षिणी उपनगरमा आक्रमण गरेको थियो । जसमा ४२ जनाभन्दा बढीको मृत्यु भएको छ ।

युद्धविराम सम्झौताको हिज्बुल्लाहले सम्झौता उल्लङ्घन गरेमा इजरायललाई आक्रमण गर्ने अधिकार रहेको प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले चेतावनी दिएका छन् ।

यो युद्धविराम सम्झौता अमेरिकी र फ्रेन्च मध्यस्थतामा सम्पन्न भएको हो। अमेरिकी राष्ट्रपति जो बाइडनले यसलाई सकारात्मक समाचार भन्दै गाजा युद्धमा युद्धविरामका लागि फेरि एकपटक पहल गर्ने आश्वासन दिएका छन् ।

यस सम्झौताले इजरायल र इरानबीचको युद्धको सम्भावनालाई कम गर्न मद्दत पुर्‍याउने विश्वास लिइएको छ । किनकि इरान हिज्बुल्लाह र हामस दुवैलाई समर्थन गर्दछ । इरानले यस वर्ष दुईपटक इजरायलसँग प्रत्यक्ष युद्ध गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register