सुनको भाउ ह्वात्तै घटेपछि अर्डर क्यान्सिल गर्नेहरु बढे 

काठमाडौँ । उपभोक्ता बजारमा सुनको अर्डर क्यान्सिल गर्नेहरु बढेका छन् । पछिल्लो दुई दिनमै सुनको मूल्यमा ऐतिहासिक गिरावट आएपछि अर्डर क्यान्सिल गर्नेहरु बढेका हुन् ।  पछिल्लो दुई दिन (सोमबार र मंगलबार) मा मात्रै सुनको मूल्य १८ हजार पाँच सय रुपैयाँले घटेको छ ।  सोमबार सरकारले भन्सार शुल्क घटाएसँगै सुनको मूल्य तोलामै १५ हजार ९ सय […]

Nov 27, 2024 - 02:29
 0
सुनको भाउ ह्वात्तै घटेपछि अर्डर क्यान्सिल गर्नेहरु बढे 

काठमाडौँ । उपभोक्ता बजारमा सुनको अर्डर क्यान्सिल गर्नेहरु बढेका छन् । पछिल्लो दुई दिनमै सुनको मूल्यमा ऐतिहासिक गिरावट आएपछि अर्डर क्यान्सिल गर्नेहरु बढेका हुन् । 

पछिल्लो दुई दिन (सोमबारमंगलबार) मा मात्रै सुनको मूल्य १८ हजार पाँच सय रुपैयाँले घटेको छ । 

सोमबार सरकारले भन्सार शुल्क घटाएसँगै सुनको मूल्य तोलामै १५ हजार ९ सय रुपैयाँले घटेको थियो । त्यसको भोलिपल्ट अर्थात मंगलबार पनि सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले घटेको थियो । 

सुनको मूल्य दुई दिनमै अप्रत्याशित ढंगले घटेपछि सुनको अर्डर गर्नेहरुले अर्डर क्यान्सिल गर्न थालेका छन् । सुनको मूल्य घटेसँगै अहिले सुन किन्नेसँगै सुनको अर्डर क्यान्सिल गर्नेहरु बढेको सुन व्यवसायीहरुले बताएका छन् । ‘सुनको मूल्य दुई दिनमै नपत्याउनेगरी घट्यो । सुनको मूल्य घटेपछि मूल्य महँगो हुँदा अर्डर गर्नेहरुले अर्डर क्यान्सिल गर्न थालेका छन् ।’, ती व्यवसायीले भने । 

योसँगै अहिले बजारमा सुनको सर्टेज देखिएको छ । मूल्य घट्दा सुन किन्नेहरु ह्वात्तै बढेपछि बजारमा सुनको सर्टेज भएको हो । तर, कतिपयले भने माग ह्वात्तै बढेपछि बजारमा सुनको कालोबजारी भएको दाबी गरेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register