धार्मिक नेता दासको पक्राउलाई लिएर बंगलादेश र भारतबीच तनाव

काठमाडौं । बंगलादेशमा इस्कॉनका धार्मिक नेता चिन्मय कृष्ण दासको गिरफ्तारीमा भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बंगलादेशले पनि प्रतिक्रिया दिएको छ । बंगलादेशको विदेश मन्त्रालयले भनेको छ, ‘चिन्मय कृष्ण दासको गिरफ्तारीलाई केही व्यक्तिहरूले गलत रूपमा प्रस्तुत गर्नु अत्यन्तै दुखद् कुरा हो ।’ यस्ता भनाइले तथ्यलाई गलत ढंगले प्रस्तुत गर्ने मात्र नभई दुई छिमेकी मुलुकबीचको मित्रता […]

Nov 27, 2024 - 05:41
 0
धार्मिक नेता दासको पक्राउलाई लिएर बंगलादेश र भारतबीच तनाव

काठमाडौं । बंगलादेशमा इस्कॉनका धार्मिक नेता चिन्मय कृष्ण दासको गिरफ्तारीमा भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बंगलादेशले पनि प्रतिक्रिया दिएको छ ।

बंगलादेशको विदेश मन्त्रालयले भनेको छ, ‘चिन्मय कृष्ण दासको गिरफ्तारीलाई केही व्यक्तिहरूले गलत रूपमा प्रस्तुत गर्नु अत्यन्तै दुखद् कुरा हो ।’

यस्ता भनाइले तथ्यलाई गलत ढंगले प्रस्तुत गर्ने मात्र नभई दुई छिमेकी मुलुकबीचको मित्रता र आपसी समझदारीको मर्मविपरीत रहेको मन्त्रालयले जनाएको छ ।

बंगलादेश सरकारले देशको न्यायपालिका पूर्णतया स्वतन्त्र रहेको र उनीहरुको कामकारबाहीमा सरकारले हस्तक्षेप नगर्ने कुरा दोहोर्‍याएको छ ।

को हुन् चिन्मय कृष्ण दास ? जसको आवाज दबाउन देशद्रोहको आरोपमा जेल पठाइयो

मन्त्रालयले भनेको छ, ‘बंगलादेश सरकार देशमा साम्प्रदायिक सद्भाव कायम गर्न प्रतिबद्ध छ । चटगाउँका एक वकिल सैफुल इस्लाम अलिफको क्रूर हत्याको बारेमा चिन्तित छन् । कुनै पनि हालतमा धार्मिक सहिष्णुता कायम राख्न प्रशासनले सुरक्षा बढाएको छ ।’

यसअघि भारतले चिन्मय प्रभुको गिरफ्तारीप्रति असन्तुष्टि जनाएको थियो । भारतको विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा चिन्मय कृष्ण दासको पक्राउबाट हामी चिन्तित भएको बताएको छ ।

साथै, अपराधीहरू खुलेआम घुमफिर गर्नु दुर्भाग्यपूर्ण तर, शान्तिपूर्ण भेलाबाट सही माग गर्ने धर्मगुरुमाथि मुद्दा चलिरहेको बताएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register